काठमाडौं- नेपाली कांग्रेसले संस्कृति तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देव र वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद राधेश्याम अधिकारीलाई राष्ट्रियसभाको खुल्ला सदस्यमा उम्मेदवारको रुपमा अघि सारेको छ।
पहिलो र दोस्रो संविधानसभामा समानुपातिकबाट सांसद भएका अधिकारी यसपटक राष्ट्रियसभाका लागि चयन भएका हुन्। विजय गच्छादारको फोरम लोकतान्त्रिकसँग एकता गरेपछि प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार हुन नपाएका पर्यटन मन्त्री देवलाई २ नम्बर प्रदेशको खुल्ला सदस्यमा कांग्रेसले उम्मेदवार बनाएको हो। राष्ट्रिय सभाको ६ सिटमा कांग्रेसका उम्मेदवार तय गरेको हो।
कांग्रेसका उम्मेदवार
प्रदेश १
रमेशजंग रायमाझी (खुला)
सरिता प्रसाई (महिला)
प्रदेश २
जितेन्द्रनारायण देव (खुला)
मुक्ताकुमारी यादव (महिला)
प्रदेश ३
राधेश्याम अधिकारी (खुला)
धना खतिवडा (महिला)
कांग्रेसका उम्मेदवारहरू
यसअघि छानिएका उम्मेदवारहरु
प्रदेश १
मीन विश्वकर्मा
प्रदेश २
उम्मेदवार तय हुन बाँकी
प्रदेश ३
हरिशरण नेपाली
मदनकृष्ण श्रेष्ठ
प्रदेश ४
सुरेन्द्रराज पाण्डे
वृन्दा रानामगर
जितबहादुर नेपाली
प्रकाश पन्त
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा
मैकुलाल वाल्मीकि
लुटबहादुर खत्री
प्रदेश ६
विष्णुबहादुर शाही
सूर्यदेवी मल्ल
मित्रलाल सार्की
गोपालप्रसाद शर्मा
प्रदेश ७
बद्री पाण्डे
तारादेवी भट्ट
शेरीराम पार्की
छत्रराज जोशी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।