काठमाडौं - मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा खुद मुनाफा ६ दशमलव १३ प्रतिशतले बढाएको छ। बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको हो। गत वर्षको सोही अवधिमा बैंकले ३७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
यता बैंकको सञ्चालन मुनाफामा भने १० दशमलव २३ प्रतिशतले गिरावट आएको छ। बैंकको सञ्चालन मुनाफा ४७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो वर्षको ६ महिनाको अवधिमा सञ्चालन मुनाफा ५२ करोड ७० लाख रुपैयाँ कमाएको थियो।
बैंकले दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी ९ दशमलव ३४ प्रतिशतले बढाएको छ। जो ८४ करोड ६३ लाख रुपैयाँ हुन आउँछ। बैंकले सोही अवधिमा ७७ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।
७ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ६ महिनामा ४५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन अघिल्लो वर्षको सोहि अवधिको भन्दा १८ दशमलव ३२ प्रतिशतले बढी हो। बैंकले ४० अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा जगेडा कोषमा भने एक अर्ब ६७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ।
प्रति शेयर आम्दानी वार्षिक १० रुपैयाँ ६४ पैसा रहेको बैंकको पूँजी कोष अनुपात १८ दशमलव ५२ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा शून्य दशमलव ९६ प्रतिशत छ। बैंकको तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।