गौशाला- महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडामा राखिएको लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गई ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरिएको हो। सो उद्योग गोपाल खड्काले सञ्चालन गर्दै आएका छन्।
प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।