जनकपुर- भारतको नयाँदिल्ली लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महोत्तरीको भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई भारत पुर्याएर जबर्जस्ती करणी गरेको आरोपमा महोत्तरीको भंगहा नगरपालिका–६ थारुटोलका ४० वर्षीय सियाराम महतोलाई प्रहरीले पक्राउ गरेको हो।
बालिकालाई आमाकै सहयोगमा भारतको दिल्ली लगेर १७ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएलगत्तै पीडित बालिकाकी आमालाई लिएर महतो फरार भएका थिए। बुधबार बलात्कारको आरोपपछि फरार भएका महतोलाई महोत्तरीको गौशलाबाट पक्राउ गरेको हो।
पीडित बालिकाकी आमासमेत जिल्ला प्रहरी कार्यालय महोत्तरीको सम्पर्कमा आएकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका मुद्दा फाँटका प्रहरी अनिल महतोले जानकारी दिए।
सम्बन्धित समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।