• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आफ्नै आमाले छोरीलाई बन्धक बनाइ बलात्कार गर्न सहयोग गरेको खुलासा

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  १९:२७
1140x725

जनकपुर-  एक महिलाले आफ्नै नाबालिग छोरी बन्धक बनाइ बलात्कार गर्न सहयोग गरेको घटना सार्वजनिक भएको छ।

महोत्तरीको भंगहा नगरपालिकाकी एक बालिकालाई आमाकै सहयोगमा दिल्लीमा १५ दिनसम्म बन्धक बनाएर बलात्कार भएको घटना सार्वजनिक भएको हो।

भंगहा–६ की एक १२ वर्षीया बालिकालाई उसकै आमाको सहयोगमा २०७६ जेठ २७ गते स्थानीय ४० वर्षीय सियाराम महतोले दिल्ली पुर्‍याए।

पीडित बालिकाको आमाको सियारामसँग हिमचिम एवम् अनैतिक सम्बन्ध भएको कारण उसकी आमा पनि छोरीलाई सँगै लिएर दिल्ली पुगेकी थिइन्। दिल्लीको एउटा कोठामा बन्धक बनाइ १५ दिनसम्म चरम यौनशोषण गरेको पीडित बालिकाले बताएकी छन्। 

पीडित बालिका, उनकी आमा र सियाराम अचानक लामो समयसम्म गाउँमा नदेखिएपछि उनीहरूको खोज गर्ने क्रममा झण्डै १२ दिनपछि सियारामले दिल्ली लगेको खुलासा भयो। 

दिल्ली लगेको जानकारी पाएपछि बालिकाकी ठूलीआमा (मौसी) ले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियाराम र उनका बुबा रामअशिश महतोमाथि निवेदन दिइन्। त्यसपछि असार १६ गते साँझ सियाराम आमा छोरीलाई लिएर घर आएका थिए। तर, प्रहरीमा निवेदन दिएको जानकारी पाएपछि सियाराम र बालिकाकी आमा फेरि फरार भए।

पीडित बालिकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छन्। गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाइ बलात्कार गरेका सियाराम र उक्त घटनामा सहयोग गरेकोमा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी छन्।

उजुरी परेको दिन नै बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उरीक्षक श्यामकृष्ण अधिकारीले बताए। ‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ। मुख्य पीडक र बालिकाकी आमा फेरि भारततिर भागेको आशंका छ,’ उपरीक्षक अधिकारीले भने, ‘हामी खोज गरिरहेका छौं। पीडकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

बाबु बेपत्ता, आमाको अर्कैसँग हिमचिम 
पीडित बालिकाको बुबा एक वर्षदेखि बेपत्ता छन्। बुबाको बायाँ खुट्टा कमजोर थियो। गरिबी मानसिक सन्तुलन गुमेपछि बुबा हराएको छिमेकीले बताएका छन्। 

तर बालिकाकी आमाले श्रीमानको खोजखबरमा कुनै चासो नदिएको उनी बताउँछिन्। आमा छिमेक सियारामकोमा ज्याला मजदुरी गर्दा गर्दै उसैसँग हिमचिम गरेको बालिकाले बताइन्।

पीडित बालिकाको उनीसहित दिदी बहिनी र एक भाइ छन्। बालिकाकी ठुली आमाले भनिन्, ‘तीन छोराछोरी छन्। ज्वाँइ अपांग थिए। पछि मानसिक सन्तुलन गुमेपछि हराए। तर, मेरो बहिनीले श्रीमान्को कुनै खोज गरिनन्। बरु उल्टै पर पुरुषसँग सम्बन्ध बनाइन्।’ 

उनले अन्याय र बिचल्लीमा परेकी पीडित बालिकालाई सहयोग गर्न सबैसँग आग्रह गरिन्।

कसरी दिल्लीबाट नेपाल आइन् बालिका? 
घरबाट जनकपुरमा रोजगारी गर्न जान लागेको भनेर बालिकाकी आमाले आफ्नी ठूली दिदीलाई भनेकी थिइन्। ठूली आमाको अनुसार ‘जनकपुरमा होटलको सरसफाइ गर्ने काम सीतारामले लगाइदिन्छ भनेकी थिईन्,’ उनले भनिन्, ‘घरबाट हिँडेको एक साता भइसक्दा पनि फोन आएन। शंका लागेर खोजी गर्न थालेकी हुँ।’ सुरुमा आफन्त सबैसँग सोधखोज गर्दा कुनै खबर नपाएको उनले बताइन्।

उनका अनुसार दिल्लीमा कपाल काट्ने काम गरिरहेको गाउँकै एकजनाले बहिनी र छोरी दिल्लीमा रहेको खबर पठाए। त्यसको केही दिनपछि बालिका र उनकी आमाले भिडियो कल गरेकी थिइन्। त्यसैको भोलिपल्ट बालिकाले आमा र सीताराम नभएको मौका पारी फोन सम्पर्क गरी घटनाबारे जानकारी गराएको बालिकाको ठूली आमाले बताइन्। 

‘सो जानकारी पाए लगत्तै आमाछोरीलाई नेपाल ल्याई दिन सीतारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई गुहार गर्न थालें,’ बालिकाकी ठूलीआमाले भनिन्, ‘कसैलाई नभन्ने र उजुरी नगर्ने सर्तमा उनीहरूलाई नेपाल ल्याइदिने कुरा भयो।’ 

सर्त स्वीकार गरेकाले असार १७ गते बालिका आफ्नी आमासँग घर आउन सफल भइन्।

बालिकाको स्वास्थ्यमा समस्या, उपचारको लागि खर्चको अभाव 
बालिका दिल्लीबाट फर्केदेखि नै स्वास्थ्यमा समस्या रहेको छ। बालिकाको चरम यौन शोषणले तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो स्वास्थ्य समस्या देखिएको छ। ‘तल्लो पेट कुनै कुनै बेला बेस्सरी दुख्छ, टाउको दुख्छ,’ आइतबार जनकपुरमा उपचार गराउन आएकी बालिकाले भनिन्।

बालिकाको घरमा कोही नहुँदा आर्थिक संकटले उपचार गराउन समेत समस्या भएको ठूलीआमाले पीडा सुनाइन्। ‘म हात जोडर बिन्ती गर्छु, तपाईहरू अन्यायमा परेकी छोरीलाई सहयोग गरिदिनुस्, उपचारमा सहयोग गरिदिनुस्। आर्थिक संकटले प्रहरी प्रशासन धाउन र उपचार गराउन निकै संकटमा छु,’ उनले भनिन्।

घटनाबारे यसो भन्छिन् बालिका– 

मलाई आमाले जनकपुरमा सँगै सरसफाइको काम गर्ने भन्दै तिमी पनि हिड्नुपर्छ भन्नुभयो। मैले घरमै बस्छु भनेँ। त्यसपछि आमाले फकाएर मलाई जनकपुरसम्म हिँड्न भन्नुभयो। म तयार भएँ। म आमासँगै घरनजिकैबाट बसमा चढेँ। तर आमाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजार आई पुगेपछि बसबाट झर्न भन्नुभयो। मैले भनेँ, ‘हजुरले जनकपुर जान्छु भन्नु भएको, यहाँ किन ओर्लिनुभयो?’ आमाले भन्नुभयो– यहाँ केही काम छ। 

बसबाट ओर्लेको केही बेरमा सियाराम आए। त्यसपछि फेरि आमाले बसमा चढेर जनकपुर जाने भन्नुभयो। सबैजना बसमा चढ्याैं। जनकपुर अएपछि आमाले घुम्न इण्डिया जानुपर्छ भन्नुभयो। मैले नाइँ भने। आमाले हप्काउनु भयो। विभिन्न प्रलोभन दिनुभयो। सियारामले पनि हामी घुमेर भोलि नै फर्किने बताए।

जनकपुरमा फेरि जटहीको बस चढेर जटही हुँदै जयनगर गयौं। जयनगरको रेल्बे चढेर दरभंगा पुर्‍याए। आमाले पहिलेदेखि नै कहीँ कतै पुलिसले सोधपुछ गर्यो भने सियारामलाई बुबा भन्नु भनेर सिकाएकी थिइन्। म इन्कार गरिरहेको थिएँ।

आमाले कर गर्नुभयो। सियारामले पनि मलाई बुबा भन् भन्दै धम्की दिए। त्यसपछि मैले बाध्य भएर बुबा भन्न थालँे। दुई दिनपछि साँझ दिल्ली पर्‍याए। त्यहाँ एउटा कोठा भाडा लिएको थियो। त्यहाँ पुगेपछि मलाई रिंगटा लाग्यो। सियारामले औषधि किनेर ल्याए। एकछिन पछि म औषधि खाएर निको भएँ।

सियाराम र आमाले एउटै कोठामा सुत्न कर गरे। मैले म छुट्टै सुत्छु  भनेँ। सियारामले भने, ‘मसँग धेरै पैसा छैन। एउटै कोठामा सुत्नुपर्छ।’ म रोएँ कराएँ। म एउटै कोठामा सुत्दिनँ भनेर। आमा र सियारामले धम्की दिए। सियारामले कुटपिट समेत गरे।  घाँटी थिचेर ‘मारीदिन्छु, कसैले काम दिँदैन। जे भन्छु त्यो मान, गर भने’।

म निकै डराएँ। त्यसपछि आमा र सियारामले भनेको कुरा मानेँ। एउटै कोठामा र एउटै ओछ्यानमा सुत्नु पर्‍यो। एकछेउमा आमा र अर्को छेउमा म । सुतेपछि सियारामले मुख थिच्दै मेरो कपडा फुकाले, जवरजस्ती गर्न थाल्यो। म रोए कराएँ। तर नत मेरो आमाले सुनिन्, नत सियारामले माने। त्यसपछि दिनरात सियारामले यसरी नै जबरजस्ती बलात्कार गरिरहे। लगातार १५ दिनसम्म मलाई यौन शोषण गरिरहे। मलाई त्याँबाट भाग्न समेत दिएनन्। दुवैजनाको निगरानीमा थिएँ।

पछि घरबाट फोन आएपछि मलाई लिएर फर्के। र बाटोमा धम्की दिँदै फकाउँदै त्यहाँ भएको घटना कसैलाई नभन्नु भने। असार १६ गते साँझ घर आएँ। त्यसपछि बिहानै फेरि आमा र सियाराम भागे।

म बिरामी छु। भाइबहिनीको बिचल्ली भएको छ। हामीलाई न्याय दिलाउन, उपचार गराउन तपाईंहरू सहयोग गरिदिनुस्।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज शेयर बजार बन्द रहने
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्