काठमाडौं – भारत कल्याणीमा अगस्ट २१ देखि ३१ सम्म हुने यु १५ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । यु १५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले अन्तिम टोलीको टुंगो लगाएका हुन् ।
देशभरबाट छानेका ५२ खेलाडी पहिलो चरणको छनोटमा सामेल थिए । त्यसबाट अन्तिम टोली छानिएको हो । सहायक प्रशिक्षक राज कुमार केसी र गोलकिपर प्रशिक्षक बिनोद महर्जनले मुख्य प्रशिक्षक श्रेष्ठलाई सघाएका छन् ।
‘प्रतियोगिता जित्न हामी सक्षम छौँ तर हामी बलियो टिम भारत जस्तो अवस्थामा पनि छैनौँ, हाम्रो पहिलो खेल पनि भारतसँग नै छ । राम्रो गरेर फाइनल जित्ने नै हाम्रो लक्ष्य हुनेछ’ प्रशिक्षक श्रेष्ठले भने ।
नेपालले अगस्ट २१ मा पहिलो खेल भारतसँग खेल्दै छ । दोस्रो खेलमा अगस्ट २३ मा श्रीलंकासँग, अगस्ट २७ मा तेस्रो खेल बंगलादेशसँग र अन्तिम खेल अगस्ट २९ मा भुटानसँग हुनेछ ।
राउण्ड रोबिनका आधारमा हुने खेलमा शीर्ष दुई टिमले अगस्ट ३१ मा फाइनल खेल्ने छन् ।
यस्तो छ नेपाली टिम
गोलकिपर – ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी
डिफेन्डर – प्रज्ञान महर्जन, अविषेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा
मिडफिल्डर – जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाइँ
फरवार्ड – किशन अधिकारी यादव, कृश सापकोटा, सुगन जिमे, ससांक बोहरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।