काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली वायुसेवा कम्पनीको विमान युरोपका आकाशमा उडन पाउने गरी काम गर्ने बताएका छन्।
आफ्नै कार्यकक्षमा पर्यटन तथा एभिएयसन बिटमा काम गर्ने सञ्चार कर्मीहरूसँगको छलफलमा मन्त्री योगेशले भने, ‘ढुक्क हुनुहोस् नेपाली वायुसेवा कम्पनीको विमान युरोपको आकाशमा केही समय पछि उड्न पाउँछन्।'
अहिले युरोपेली संघको कालोसूची (सुरक्षा चासो लिष्ट)का कारण नेपाली वायुसेवा कम्पनीको जहाज युरापका आकाशमा उड्न पाएका छैनन्।
युरोपेली संघले (इयू)ले नेपालमा हेलिकोप्टर दुर्घटना बढ्दै गएको विषयलाई उठान गर्दै सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरुको जहाज उडानमा प्रतिबन्ध लगाएको थियो। सोही समयमा अन्तर्राष्ट्रिय नागरिक उड्डन संघठन (आइकाओ)ले समेत नेपाललाई कालोसूचीमा राखेको थियो। तर, आइकाओले नेपाललाई दुई वर्ष अगाडि नै कालोसूचीबाट हटाएको भए पनि इयूले कालोसूचीबाट हटाएको छैन। इयू आइकाओको अन्डरमा रहने संस्था हो।
‘इयूले हाम्रो हवाई क्षेत्रको विषयमा केही चोसो राखेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इयूको चासो सम्बोधन गर्ने गरी काम पनि गरिरहेको छ। इयूको टोली केही समयमै नेपालमै आएर अध्ययन पनि गर्दैछ। अध्ययनपछि निश्चत रुपमा पनि हामीलाई कालोसूचीबाट हटाउँछ। कालोसूचीको प्रतिबन्ध हटेसँगै नेपाली वायुसेवा कम्पनीको विमान युरोपका आकाशमा उड्न पाउँछन्,' मन्त्री भट्टराईले भने।
सोही छलफलमा मन्त्री भट्टराईले आइकोओले परीक्षा लिएको समेत बताएका छन्। 'परीक्षामा हामीलाई पास मार्क ६० तोकिएको थियो। तर, नेपालले ६६ दशमलव ८० प्रतिशत अंक ल्याउन सफल भएको थियो। यसलाई पनि अबको परीक्षामा ८० प्रतिशत पुर्याउने गरी काम गर्नेछौं,' मन्त्री भट्टराईले भने, ‘६० चाहिनेमा ६६ आएपछि आइकाओले कालो सूचिबाट हटाएको थियो। अबको परीक्षामा पनि नेपाल निश्चित रुपमा पास हुन्छ। पास हुने गरी परीक्षाको तयारी भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।