काठमाडौं- निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा अब स्वीकृत हुने भएको छ।
प्रस्तावित 'संघीय निजामती सेवा ऐन'को दफा १२१ मा रहेको सामूहिक राजीनामा स्वीकृत गर्न सक्ने दफामा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहमति भएसँगै कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने भएको हो।
सामान्य प्रशासन मन्त्रालयले संसदंमा दर्ता गराएको विधयेकमा 'निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा सम्बन्धित निकाय वा अधिकरीले त्यस्तो राजीनामा सम्बन्धित निजामती कर्मचारीले दिएको यकिन गरी स्वीकृत गर्न सक्नेछ,' उल्लेख छ।
यो व्यवस्थामा राज्य व्यवस्था समितिको बुधबार बिहानको बैठकमा सहमति जुटेको हो। यससँगै अब निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा उक्त राजीनामा सम्बन्धित कार्यालयले स्वीकृत गर्न सक्नेछ।
विधयेक अहिले समितिमा दफावार छलफलको क्रममा छ। संसद्बाट विधयेक पास भएपछि यसमा रहेका प्रावधान कार्यान्वयनमा आउनेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।