एजेन्सी- भारतीय संविधानको धारा ३७० खारेज गर्ने सम्बन्धमा बनाइएको विधेयक भारतीय संसद्को तल्लो सदन लोकसभाले पारित गरेको छ। मंगलबार संसद्ले यो विधेयक पारित गरेको हो।
यो विधेयक पारित भएसँगै अब जम्मु काश्मीरबाट लद्दाख छुट्टिएको छ भने जम्मु काश्मिरले पाउँदै आएको विशेष व्यवस्था समेत लागू हुने छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षण ऐतिहासिक भएको बताएका छन्। एकता र अखण्डताका लागि सारा देश एकजुट भएको उनको भनाइ छ।
'हाम्रो संसदीय लोकतन्त्रका लागि यो गौरवको क्षण हो, जम्मू-कश्मीरसँग जोडिएको ऐतिहासिक बिल भारी समर्थनबाट पारित भएको छ,' प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्।
यसअघि गृहमन्त्री अमित शाहले संसद्मा जम्मू काश्मीर अलग्याउने गरी विधेयक पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।