काठमाडौँ- चीनले जम्मू-काश्मीरमा चालेको आफ्नो एकपक्षीय कदम सच्याउन भारतलाई आग्रह गरेको छ।
त्यस्तै लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेश बनाउने नयाँ दिल्लीको निर्णय आमान्य भएको पनि चीनको भनाइ छ।
भारतले सोमबार संविधानको धारा ३७० लाई खारेज गर्दै जम्मू-काश्मीरको विशेष स्वायत्ततालाई खारेज गरिएको थियो। जम्मू-काश्मीरबाट लद्दाखलाई टुक्र्याएर छुट्टै केन्द्र शासित प्रान्त बनाउने निर्णय गरेको थियो।
भारतको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै चीनले मंगलबार आफ्नो धारणा सार्वजनिक गरेको हो।
‘चीनले भातर-चीन सिमाको पश्चिमी भागको भारत प्रसाशित अधिकार क्षेत्रमा चिनियाँ भू-भाग सामेल गने कदमको सधै विरोध गरेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘चीन यसमा निरन्तर दृढ छ र यसमा कहिले पनि परिवर्तन गर्दैन्।’
भातरले घरेलु कानुन एकपक्षीय रुपमा परिवर्तन गरेर चिनियाँ भू-भागको सम्प्रभूताको अवमुल्यन गरेको चीनको आरोप छ। ‘हालका दिनमा भारतीय पक्षले आफ्ना घरेलु कानुन एकपक्षीय रुपमा संसोधन गरेर चिनियाँ भू-भागको सम्प्रभूताको निरन्तर अमुल्यन गरिरहेको छ,’ वक्तव्यमा भनिएको छ, ‘यो अभ्यास अमान्य छ र यसले कुनै परिणाम दिने छैन।’
सिमा क्षेत्रका विषयमा आफ्नो भनाइ र गराईप्रति सेचत रहन पनि चीनले भारतलाई आग्रह गरेको छ। ‘आफ्ना भनाइ र गराइमा सचेत रहन हामी भारतलाई आग्रह गर्दछौं,’ चीनले भनेको छ, ‘दुवै पक्ष सहमतिमा पुगेका विषयमा प्रतिवद्ध रहन र सिमा समस्यालाई अझ जटिल बनाउने गरि कुनै कदम नचाल्न आग्रह गर्छौैं।’
चीनले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न विवादलाई संवाद मार्फत शान्तिपूर्ण पमा समाधन गर्न पनि भारत र पाकिस्तानलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।