काठमाडौं - इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चोटका कारण अस्ट्रेलियासँगको दोस्रो टेस्टमा टिममा नरहने भएका छन् । पिडौंलामा लागेको चोटका कारण एन्डरसन समस्यामा परेका हुन् ।
एन्डरसन अहिले मेडिकल टिमसँग रिह्याबिटेसनमा छन् । गएको जुलाईमा नै उनको पिडौंलामा समस्या देखिए पनि ठीक भएर पहिलो टेस्टमा मैदानमा थिए । अहिले फेरि चोट बल्झिएको हो ।
पाँच खेलको सिरिजको पहिलो टेस्टमा इंग्ल्याण्ड २ सय ५१ रनले पराजित भएको थियो । अब चार टेस्ट बाँकी छन् । दोस्रो टेस्ट अगस्ट १४ देखि लर्डसमा सुरु हुँदै छ ।
एन्डरसनको स्थानमा कसलाई खेलाउने टुंगो लागेको छैन । जोफा आर्चरलाई खेलाइने सम्भावना भए पनि उनी पनि चोटबाट बाहिर आउन सकेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।