• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१५ वर्षमा पहिलो वैदेशिक प्रशिक्षण, आर्चरीले जिताउला सागमा स्वर्ण?

64x64
ऋग्वेद शर्मा मंगलबार, साउन २१, २०७६  १७:४२
1140x725

काठमाडौं - नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको छोटो समयमा राम्रो सम्भावना देखाएको खेल हो, आर्चरी। यसैले घरेलु मैदानमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि आर्चरीमाथिको आश ठूलो छ। 

आर्चरीमा नेपालभन्दा बलियो देखिएको भारत र बंगलादेश साथै पछिल्लो समय राम्रो गरिरहेको श्रीलंकासँग प्रतिस्पर्धा गर्नु सागमा सहज हुने छैन। नेपालमा नै हुने प्रतियोगिता भएकाले पनि स्वर्ण पदकका लागि नै मेहनत गरिरहेको खेलाडीहरु बताउँछन्। यसैका लागि अहिले भइरहेको जापान प्रशिक्षणले ठूलो सहयोग गर्ने आश प्रशिक्षकहरुको पनि छ। 

परम्परागत रुपमा खेलिने धनुषवाँण खेल ओलम्पिकमा खेलिने आर्चरीका रुपमा सन् २००४ पछि मात्रै नेपाल भित्रिएको हो। यसैले खेल सुरु भएको १५ वर्षपछि पहिलो पटक आर्चरी खेलाडी अहिले वैदेशिक प्रशिक्षणमा जान पाएका हुन्।  

गएको साता पौडी टोलीसँगै आर्चरी टोली जापान प्रशिक्षणमा गएको हो। यसले विशेष गरी सागमा पदक जित्ने मेहनतसँगै नेपाली खेलाडीको अन्तर्राष्ट्रिय अनुभवलाई बढाउने विश्वास प्रशिक्षकको छ। टोलीसँगै जापानमा रहेका प्रशिक्षक दीपक गुरुङले नेपाल लाइभसँग कुरा गर्दै भनेका छन्, ‘हाम्रो प्रमुख ध्यान अभ्यासमा नै छ, अभ्यास राम्ररी भयो भने नतिजा त आइनै हाल्छ, खेलाडीको मेहनत पनि राम्रो छ।’

जापान अभ्यास नेपाल ओलम्पिक कमिटी र टोकुसिमा प्रिफेक्चुरल गभरमेन्टको सहयोगमा भइरहेको हो। जहाँ खेलाडी र प्रशिक्षकका लागि हवाइ यातायात शुल्क र दैनिक खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराएको छ। खाने बस्ने र दैनिक यातायातको खर्च टोकुसिमा प्रिफेक्चुरलले नै सहयोग गरेको छ। नेपाल ओलम्पिक कमिटी र राखेपको समन्वयमा पहिलो पटक आर्चरी टिम वैदेशिक प्रशिक्षणका लागि गएको हो। 

जापानमा भइरहेको आर्चरी अभ्यासमा नेपाल पुलिस क्लबका तिलक पुन मगर र नेपाल आर्मीका रोशन नगरकोटी साथै नेपाल आर्मीकै ज्ञानु अवाले र मित्र राई रहेका छन्। उनीहरु १८ औँ एसियाली खेलकुद र आठौँ राष्ट्रिय खेलकुदमा देखाएको खेलका आधारमा छनोटमा परेका हुन्। अगस्ट १ देखि सुरु भएको अभ्यास सेप्टेम्बर २ तारिखमा सकिनेछ। जहाँबाट खेलाडीहरु बन्द प्रशिक्षणको लागि सिधै पोखरा जाने छन्। 

दक्षिण एसियामा मध्यम प्रदर्शन

Ncell 2
Ncell 2
nimb
nimb

आर्चरी संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुने २० औँ संघ हो । २०४४ सालमा नै आर्चरी संघको स्थापना भएको भए पनि अन्तर्राष्ट्रिय खेलकुदकै रुपमा विकास हुने अवसर २०६२ पछि मात्रै सम्भव भयो।

सिंगापुरे लाहुरेबाट अवकाश पाएर फर्किएका दीपक गुरुङ र किशोर गुरुङले नेपालमा आर्चरी खेलका लागि काम गर्न थालेपछि नै आधुनिक आर्चरीको अभ्यास राम्ररी भएको पाइन्छ । उनीहरुले सिंगापुरमा सिकेको सीप नेपालमा विकास गरेका थिए। २०६१ मा आर्चरी संघ पुनर्गठन भएपछि दीपक र किशोरकै पहलमा ०६२ सालमा आर्चरीमा राष्ट्रिय च्याम्पियनसिप भएको थियो।

राष्ट्रिय प्रतियोगितामा भएको विकासले सन् २००६ मा दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपको टिम इभेन्टमा नेपालले कांस्य पदक जित्यो। जुन नेपाली आर्चरीका लागि पहिलो पदक थियो । त्यसपछि २००९ मा भएको दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा त नेपालका प्रेमप्रसाद पुनले स्वर्ण पदक नै जिते।

२०१० मा बंगलादेशको ढाकामा भएको ११ औँ साग खेलकुदमा नेपालले टिम इभेन्टमा कांस्य पदक जित्यो। २०१६ मा भारतमा भएको १२ औँ सागमा नेपालका लागि व्यक्तिगत विधामा प्रेमप्रसाद पुनले नै कांस्य पदक जिते । २०१७ मा नेपाल महिला टोलीले इन्टरनेशनल स्पोर्टस एण्ड सोलिडारिटी फेडेरेसनले गरेको प्रतियोगितामा टिम विधामा रजत पदक जिते जुन महिला आर्चरीमा पहिलो पदक थियो।

महँगो खेल सामग्री, खेल्ने स्थानको अभाव, प्राविधिक जनशक्तिको कमी, संलग्न खेलाडीलाई पनि उपयुक्त व्यवस्था नहुनुजस्ता समस्या आर्चरी खेलमा देखिन्छ। २०६४ सालमा नेपाल आर्चरी संघ पुनर्गठन भएपछि यसमा सकारात्मक परिवर्तनहरु देखिए पनि ती पर्याप्त भने छैनन्।

२०१८ को मार्च महिनामा बंगलादेशमा भएको तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपाल बंगलादेश, भारत र श्रीलंकाभन्दा पनि पछि पर्दै चौथो भएको थियो। प्रतियोगितामा नेपालले दुई कांस्य मात्रै जित्न सकेको थियो । नेपालले रिकर्भ मिक्स टिम र कम्पाउन्ड पुरुषतर्फ कांस्य पदक जितेको थियो।

पछिल्लो समय भएको २०१८ को मे महिनामा बंगलादेशमा नै भएको दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपालले चार वटा पदक जितेको थियो। जसमा टिम रिकर्भमा रजत पदक र कम्पाउण्ड टिम पुरुष, कम्पाउण्ड टिम महिला र कम्पाउण्ड मिक्समा कांस्य पदक जितेको थियो।

नेपालमा नै आउँदो मंसिर १५ देखि २५ सम्म हुने १३ औँ सागमा भने अहिलेसम्मको उपस्थिति पदकका लागि पर्याप्त हुने छैन। यसैले अहिले जापान प्रशिक्षणले नेपालले स्वर्ण पदकमा नै अगाडि बढ्ने विश्वास बढाएको भने छ । अहिलेको जापान प्रशिक्षण १३ औँ सागका लागि मात्रै नभएर २०२० मा टोकियोमा हुने ओलम्पिकको तयारीको लागि पनि भएकाले खेलाडीहरुले मेहनत बढाइरहेका छन्।

जापानमा कसरी भइरहेको छ अभ्यास?

जापान अभ्यासमा खेलाडीहरु शारीरिक र मानसिक दुवै रुपमा तयारी गरिरहेको प्रशिक्षक गुरुङ बताउँछन्। 

‘अभ्यासमा हरेक बिहान जिम भइरहेको छ । जिममा मुख्य गरी शारीरिक अभ्यास हुन्छ । आर्चरीको ‘बो’ तन्काउँदा शरीरको कुन कुन भागमा बल पुग्छ विशेष चासो तिनै भागको सन्तुलनमा काम हुन्छ’ उनले भने।

त्यसका साथै आर्चरीका लागि आवश्यक शरीरको लचकतासम्बन्धी अध्ययनका लागि किनिजियोलोजी, खेल विज्ञान अन्तर्गत रहेर बायोमेकानिक्स साथै मानसिक सन्तुलनका विषयमा पनि कक्षाहरु भइरहेका छन्।

जापानी समयअनुसार दिउँसो १ देखि ६ बजेसम्म बो र एरोमा नै केन्द्रित भएर आर्चरीको अभ्यास भइरहेको छ । अभ्यासमा सट, सिक्वेन्स र त्यसको लागि आवश्यक एकाग्रतामा रहेर बाँण हान्ने काम गरिन्छ।

‘हामीले नतिजामा होइन प्रक्रियामा ध्यान दिनुपर्छ । अभ्यास पनि त्यही अनुसार भइरहेको छ । यदि प्रक्रिया सही हुने हो भने नतिजा त आइनै हाल्छ । यसैले हामीले दिनभरमा कति एरो हान्यो भन्नेमा होइन हरेक एरो कसरी हान्यो भन्नेमा विचार गरिरहेका छौँ, यसले अवश्य पनि राम्रो नतिजा दिन्छ’ नेपाल आर्चरी संघका अध्यक्षसमेत रहेका तथा प्रशिक्षक गुरुङले भने।

जापान अभ्यासमा रहेका खेलाडी तिलक पुन मगर पनि सागलाई विशेष ध्यान दिएरै आफूहरु अभ्यासमा लागिपरेको बताउँछन् । उनी भन्छन्, ‘यहाँ मौसम अलि गर्मी रहेछ तर पनि हामीले मेहनतमा कमि आउन दिएका छैनौँ । धेरै कुरा बुझ्न पाइरहेका छौँ । यसले पछिसम्म फाइदा गर्ने छ ।’

अभ्यासमा गएको आइतबार ‘अल जापान आर्चरी फेडेरेसनकी उपाध्यक्ष साथै सन् १९७६ र १९८४ मा गरेर दुई पटक ओलम्पिक खेलेकी मिनाको होकारीले पनि नेपाली टोलीलाई प्रशिक्षण दिएकी थिइन्।

‘सामान्य रुपमा हेर्दा बो सिधा बनाएर डोरी तान्ने र ताकेर छाड्ने गरेको मात्र देखिन्छ । तर त्यसमा महत्वपूर्ण पक्ष देखिएको हुँदैन । महत्वपूर्ण भनेको एकाग्रता हो । त्यसमा ताक्ने बेलामा टार्गेटमा ताक्ने भन्दा पनि त्यसको प्रक्रियामा ध्यान हुन्छ, हामीले अभ्यासमा पनि यिनै कुरामा विचार गर्ने हो’ तिलक भन्छन्, ‘एरोलाई मिलाउने, समात्ने हरेक प्रक्रियामा विशेष ध्यान लगाइन्छ र छाडिन्छ । हामीले एरो ठिक्क छाड्दा अब कहाँ लाग्छ भन्ने पनि लगभग थाहा भइसक्छ ।’

 

तस्बिर सौजन्य – दीपक गुरुङ

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्