एजेन्सी- भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले जम्मु–कश्मीर विवादमा नरेन्द्र मोदी सरकारले शक्तिको दुरुपयोग गरेको टिप्पणी गरेका छन्।
गान्धीले संविधानको धारा ३७० खारेज गर्ने फैसला सत्ताको दुरुपयोग भएको कुरा घटनाको एक दिन पछि मात्र सामाजिक सञ्जालमा लेखेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा गान्धीले संविधानको उल्लंघन भएको टिप्पणी गरे।

‘राष्ट्रिय एकताको विस्तार जम्मु–कश्मीरको विभाजन गर्दैमा हुँदैन। जनताबाट छानिएका प्रतिनिधीलाई जेलमा राख्नु हाम्रो संविधानको उल्लंघन हो,’ गान्धीले लेखेका छन्, ‘यो कार्यकारी शक्तिको दुरुपयोग हो र देशको राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक हो।’
काँग्रेसका तर्फबाट हिजै राज्यसभामा गुलाम नबी आजाद र पी चिदम्बरमले जोडदार विरोध गरेका थिए।
तर राहुल गान्धी र प्रियंका गान्धी मौन रहँदै आएका थिए।
उनीहरुले टिप्पणी नर्गदा काँग्रेसको विचारको बारेमा अनेक अडकलबाजी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।