मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन्।
शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालीन सोभियत सङ्घबीच मध्यम दूरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो।
'नियम, सीमा र कानुनबिहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सवै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता सुरू गर्नुपर्ने आवश्यकता छ,' पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गरे।
विज्ञप्तिमा थप भनिएको छ, 'हामी यसका लागी तयार छौँ।' रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।