नयाँ दिल्ली- भारतका गृहमन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत जम्मू-काश्मीरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दाबी गरेका छन्।
स्वायत्तताकै कारणले जम्मू-काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उनको भनाइ छ।
उनले विगतमा जम्मू-काश्मिरमा राजनीतिक विकृति फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मू-काश्मीर वा लद्दाखमा कुनै फाइदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गरे।
सोमबार भारतीय लोकसभामा उनले भने, 'यो धाराका कारणले बरु बेफाइदा धेरै भएको छ।'
गृहमन्त्री शाहले थपे, 'यही धाराका कारणले त्यो क्षेत्र पछाडि परेको, पीडामा परेको, आतङ्कवादको सिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो।'
उनले स्वायत्तता दिएकै कारणले जम्मू-काश्मीर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको जिकिर गरे। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।