काठमाडौँ- भारतीय संविधानको धारा ३७० लाई खारेज गरि भारत प्रशासित काश्मीरको स्वायत्तता खोस्ने नरेन्द्र मोदी सरकारको कदम राष्ट्रसंघीय प्रस्ताव विपरित भएको पाकिस्तानले बताएको छ।
भारतले उक्त धारा खारेज गर्ने प्रस्ताव संसदमा लगेको केही घण्टामै पाकिस्तानले त्यसको विरोध गरेको हो। पाकिस्तानले मोदी सरकारको कदमलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव विपरित भएको बताएको छ।
‘भारत सरकारको कुनै पनि एक पक्षीय कदमले विवादित स्थितिको बदल्न सक्दैन्,’ पाकिस्तानी विदेश मोहमद कुरेसीले भनेका छन्, ‘यो संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमै छ। न यो पाकिस्तनलाई स्वीकार्य हुन्छ न त जम्मू-काश्मीरका जनतालाई नै। यो अन्तर्राष्ट्रिय विवादको पक्ष राष्ट्रका रुपमा पाकिस्तानले यो गैरकानुनी कदमका विरुद्ध सम्भव भएसम्मको प्रयास गर्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।