काठमाडौं– सरकारी कागजात कीर्ते गरेर सरकारी जग्गा व्यक्तिलाई दिलाउने मालपोत अधिकृतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका तत्कालीन मालपोत अधिकृतद्धय दीर्घबहादुर पोखरेल, हेमराज शर्मा, मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद ज्ञावली, सोही कार्यालयका नासु रवीन्द्बहादुर थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय र खरिदार किशोरकुमार रिजाल छन्।
उनीहरुले बर्दियाको भुरीगाउँको १४ विगाहा र बाँकेका दुई ठाउँको गरी ११ कठ्ठाभन्दा बढी सरकारी जग्गा सरकारी कागजात कीर्ते गरेर व्यक्तिको नाममा ल्याएका थिए।
उनीहरुलाई यसभन्दा अघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही घटनामा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतमा बयान दिन आएका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार काठमाडौंबाट पक्राउ गरको हो।
यो सँगै उनीहरुलाई अख्यिारले भ्रष्टाचार मुद्दा र प्रहरीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।