• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

...अनि मिर्गौला बेच्न तयार भएँ [भिडियो]

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  १७:५५
1140x725

काठमाडौं– साउन ९ गते। बेलुकी ११ बजे। 

अर्जुन जिसी सुत्ने तरखरमा थिए। त्यति नै बेला उनको फोनमा घन्टी बज्यो। फोन एक जना नातेदार भाइको थियो। 

फोन उठाए। 

'दाइ, विष्णु होटलबाट हराएको ५ दिन भएछ। मलाई होटलवालाले फोन गरेको थियो, आफन्तलाई खबर गर्नु भनेर। के गर्ने होला?’ फोनमा ती भाइले भने।

अर्जुन झस्किए। उनी विलखबन्दमा परे।

अचानक भाइ विष्णु खड्का हराएको खबरले उनी चिन्तामा परे। आँखामा निद्रा आउने कुरै थिएन। उनले थप सोधखोज गरे। 

भाइ विष्णु मनमैजुको एक होटलमा काम गर्थे। 

उनले चिनजानका साथीभाइ र आफन्तलाई फोन गरेर सोधखोज गरे।  पत्ता लागेन। 

Ncell 2
Ncell 2
nimb
nimb

भिडियो-

बिहानको ४ बजे मिर्मिरे उज्यालोमै उनले साथीहरूलाई बोलाए। र, विष्णुले काम गर्ने होटलमा गए। सोधखोज गरे। 

'मिर्गौला बेच्न पक्कै विष्णुलाई भारत लगेको हुनुपर्छ,' होटल सञ्चालक अस्मिता थापाले शंका गरिन्। बेलाबेला उनको होटलमा आएका केही मान्छे मिर्गौला किनबेचका कुरा गर्ने गरेको सुनेर थापाले त्यस्तो लख काटेकी थिइन्।

'साथीहरूले एउटा टिकट र भाइको नागरिकता भेट्टाएछन्। टिकट ४ गतेको थियो। काठमाडौंदेखि सुनौलीसम्म। त्यसपछि सुनौली पुगेको हुन सक्ने आशंका गर्‍यौं,' विष्णुका दाइ अर्जुनले सुनाए।

सुनौलीसम्मको टिकट नै फेला परेपछि आशंका झन् बलियो बन्यो।

कसले पुर्‍यायो होला भाइलाई सुनौलीसम्म? अर्जुन सोच्न थाले।

विष्णुका दाइ अर्जुन​​​​​​

रमेश कार्की र नारायण पराजुली होटेलमा सधैं आउँथे र विष्णुलाई फकाउने गर्थे। मिर्गौला बेचे धेरै पैसा कमाइन्छ भनेर प्रलोभनमा पार्थे। यो कुरा होटल सञ्चालक थापाबाट अर्जुनले थाहा पाए। 

'मैले सोचेँ, अब भाइ फिर्ता आउँदैन। उसलाई कसैले मारेर फालिसक्यो वा गायब पारिसक्यो’ यस्तै सोचेर अर्जुन आत्तिए। तर उनीसँग लास नभेटिन्जेल आस भनेझैं खोज्नुको विकल्प थिएन। 

जब अपराधी नै थानामा आए... 
भाइ काम गर्ने ठाउँ मनमैजु क्षेत्रका सिसी टिभीका फुटेज अर्जुनले प्रहरीको सहयोगमा नियाले। विष्णुलाई दुई जनाले लिएर सुनौलीको गाडी चढेको प्रस्ट देखियो। त्यसपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा अर्जुनले भाइ हराएको बारे लिखित उजुरी दिए।

त्यति नै बेला त्यहाँ दुई व्यक्ति देखा परे, रमेश कार्की र नारायण पराजुली। जसले विष्णुलाई लिएर गएका थिए। 

लागुऔषध गाँजा केसमा उनीहरूका मान्छे महाराजगन्ज वृतमा थुनामा रहेछन्। त्यसैका लागि त्यहाँ आइपुगेका थिए उनीहरु। विष्णुले ती दुईलाई पहिचान गरिहाले। कसरी पक्राउ गर्ने भनेर चिन्तामा रहेको प्रहरीलाई दुखै गर्नुपरेन। साथी छुटाउन आएका उनीहरुकै हातमा हत्कडी लाग्यो। 

'विष्णलाई सुनौली लिएर कोको गएको?’ प्रहरीले सोध्न सुरु गर्‍यो।

रमेशले आफू एक्लै गएको भन्दै सुरुमा झुट बोले। 

दुवैलाई फरकफरक राखेर सोधेपछि रहस्य पत्ता लाग्यो। 

घटनाले अर्जुन मात्रै होइन प्रहरीहरु पनि आश्चर्यचकित भए। 

विष्णुलाई मिर्गौला बेच्नकै लागि भारत लगिएको रहेछ। उनीहरूको बयानबाट रहस्य खुल्दै गयो। मिर्गौला बेच्ने योजनाका नाइके रहेछन्, सशस्त्र प्रहरी गण नम्बर १ का सई योगेन्द्रराज थपलिया र पूर्व हवल्दार थनितसिंह गुरुङ। विष्णुलाई रमेश र नारायणले बेहोस बनाएर सुनौली पुर्‍याएको कुरा खुलासा भयो। सुनौलीमा विष्णुलाई थनितसिंहको जिम्मा लगाएपछि आफ्नो काम फत्ते गरेर उनीहरू काठमाडौं फर्किसकेका थिए। 

'उनीहरूको बयानबाट विष्णुलाई बोर्डर पार गराइसकेको प्रस्ट भइसकेको थियो,’ महाराजगन्ज वृत्तका डिएसपी फणीन्द्र प्रसाईले भने। सुनौलीबाट फर्किएपछि त्यसै दिन सई योगेन्द्रराजबाट उनीहरूले पैसा लिने योजना थियो।

रमेश र नारायणबाट बयान लिँदै प्रहरीले एकएक कुरा खोल्दै गयो। प्रहरीकै निर्देशनमा रमेश र नारायणले फोन गरेर योगेन्द्रराजलाई बसपार्कमा बोलाए। दिउँसो ३ बजे योगेन्द्रराज पैसाको ब्याग लिएर बसपार्क आइपुगे। प्रहरीको योजना अनुसार रमेश र नारायण अगाडिपट्टि थिए। प्रहरी भने सादा पोसाकमा।

सई योगेन्द्रराजले रमेश र नारायणलाई भेटे। उनीहरूबीच केही कुराकानी भयो। त्यसपछि ब्यागबाट झिकेर पैसा योगेन्द्रराजले दिन मात्र लागेका थिए। त्यति नै बेला सई योगेन्द्रराजको हातमा हत्कडी लाग्यो। र, खुल्यो मिर्गौला तस्करीमा बहालवाला सईको संलग्नता।

अनि खुल्दै गए थप रहस्य...
विष्णु भारत पुर्‍याइसकिएका विष्णुलाई सकुशल नेपाल फिर्ता गर्न प्रहरीसामु चुनौती थियो। विष्णु उता दिल्लीमा थनितसिंहको नियन्त्रणमा थिए। यताबाट प्रहरीले अर्को योजना बुने– पक्राउ परेकाहरूमार्फत नै थनितसिंहलाई फोन गर्न लगाउने। 

विष्णु

'यताका केही समस्याहरू मिलाउनुपर्ने भयो। काम मिलाएपछि विष्णुलाई फेरि लैजालाऊ। अहिले फिर्ता लिएर काठमाडौं आऊ,’ प्रहरीकै निर्देशनमा थनितसिंहलाई सई योगेन्द्रराजले फोनमा भने। 

सईकै योजनामा विष्णुलाई भारतसम्म पुर्‍याएका थतिनसिंहलाई उनको निर्देशन मान्नुको विकल्प थिएन। आज्ञाकारी छात्र जसैगरी थतिनसिंह  विष्णुलाई लिएर नेपाल साउन १२ गते छिरे। अब थतिनसिंहलाई पक्राउ गर्न प्रहरीलाई त्यति धेरै पापड बेल्नुपर्ने अवस्था आएन। उनी पनि पक्राउ परे।

यसरी मिर्गौला तस्करीमा संलग्न चार जनालाई पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ परेका चारै जनामाथि प्रहरीले मानव बेचबिखान तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुस्न्धानको चरणमा उनीहरुले अभियोग स्विकारिसकेको डिएसपी प्रसाईले बताएका छन्।

मिर्गौला बेच्न किन तयार भए विष्णु?
नेपाल लाइभसँगको कुराकानीमा पीडित विष्णुले आफू प्रलोभनमा पर्नुका कारुणिक कथा सुनाएका छन्। काभ्रेको वाङ्थलीबाट पैसा कमाउने आशा बोकेर केही वर्षअघि विष्णु काठमाडौं आए। 

काठमाडौं आएपछि करिब २ महिना होटलमा काम गरे। त्यसपछि गाडीको सहचालक बन्न गए। केही वर्ष गाडी लाइनमा काम गरे। त्यही क्रममा उनको चिनजान रमेश र नारायणसँग भयो। 

विष्णुका अनुसार दुवै जना गाडी लाइनमै काम गर्थे। उनीहरूको भेटघाट पनि बढ्दै गयो। 

विष्णु गाडी लाइन छाडेर फेरि होटलमा काम गर्न थाले। केही महिनायता उनी मनमैजुस्थित एक होटलमा काम गर्थे। होटलमा नारायण र रमेश हरेक दिन आउने गर्थे। 'उनीहरु मलाई फकाइरहन्थे,’ विष्णुले भने, 'तँलाई १० लाख दिन्छु, गाडी किनिदिन्छु। तेरो मिर्गौला बेचौं भनेर भन्न थाले।’

सुरुमा त उनले जवाफ दिएनन्। हरेक दिनजसो करकर गरिरहे। 'मेरो बूढीको, भाइको पनि बेचेको हो। एउटा बेच्दा केही हुन्न। झन् पैसा कमाइन्छ' भन्दै रमेशले विष्णुलाई फकाइरहे।

१० लाख र गाडी पाउने आसमा विष्णु प्रलोभनमा परे। 

OOO

यता सई योगेन्द्रराजसँग रमेशको हिमचिम थियो। सई योगेन्द्रराजले कमिसन दिने सर्तमा मिर्गौला बेच्ने मान्छे खोज्न रमेशलाई भनेका थिए। 

होटल सञ्चालक अस्मिता थापाका अनुसार रमेश बारम्बार होटलमा आउँथे। सोझा मान्छे देखेपछि मिर्गौला बेच्न फकाइरहन्थे। सई योगेन्द्रराजसँगको मिलोमत्तोमा रमेशले अरु पनि आपराधिक काम गरेको हुनसक्ने स्थानीयको आशंका छ।  

होस आउँदा सुनौलीमा
'मैले हुन्छ भनेपछि रमेश र नारायणसँग गएँ। वीर अस्पताल नजिकैको एक क्लिनिकमा जाँच गराए। त्यहाँ जाँच गराएपछि मलाई सुई लगाएको याद छ। सुई लगाउने बित्तिकै मलाई 'भनन्न’ रिँगटा लाग्यो। त्यसपछि केही याद भएन,’ विष्णुले त्यसबेलाको अनुभव सुनाए। 

त्यसपछि होस आउँदा उनी सुनौलीको एउटा होटलमा भएको बताउँछन्। आफू ब्युँझदा विष्णुले रमेश, नारायण र एक जना अर्को मानिस भेटे। उनी पूर्व हवल्दार थनितसिंह रहेछन्। 

विष्णुले घरमा एकपल्ट फोन गरेर खबर गर्छु भनेका थिए। तर मिर्गौला निकाल्ने योजना बनाएका उनीहरूले खबर गरिस् भने तँलाई मारेर फाल्छौं भन्दै धम्की दिए।

त्यसपछि काठमाडौं फर्केका थिए रमेश र नारायण।

सुनौलीबाट विष्णुलाई थनितसिंहले दिल्ली लिएर पुर्‍याए। आफूलाई ३ दिन दिल्लीको एउटा घरमा लगेर राखेको विष्णु बताउँछन्। 

विष्णुका अनुसार त्यो घरमा वृद्धवृद्धा रहेछन्। उनीहरूलाई नै चाहिएको रहेछ मिर्गौला। 

तीन दिनसम्म प्रक्रिया भइरहेको थियो। कागजातहरू बन्दै थिए। यही क्रममा पक्राउ परेका सई योगेन्द्रराजले थनितसिंहलाई फोन गरेर विष्णुलाई लिएर काठमाडौं आउन भनेका थिए।

प्रहरीको गर्न लगाएको चलाखीपूर्ण त्यो एक कलले नै विष्णुले पुनर्जीवन पाए।

केही खुसी हुँदै उनी भन्छन्, 'धन्न बाँचियो।’

(फोटो/भिडियो : सौरभ रानाभाट)

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्