काठमाडौं– संसदमा केही समययता जारी गतिरोध अन्त्य गर्न र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि दलहरु विशेष समिति गठन गर्न सहमत भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेका थिए। प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।
समितिको नाम अध्ययन तथा सुझाब संसदीय विशेष समिति रहने छ। प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको हो।
सदस्यहरुः
संयोजक : सुवास नेम्बाङ (नेकपा)
सदस्यहरू
नेकपा : देव गुरूङ र विन्दा पाण्डे
कांग्रेस : पुष्पा भुसाल गौतम र मिनेन्द्र प्रसाद रिजाल
राजपा : लक्ष्मणलाल कर्ण
समाजवादी : उमाशंकर अरगरिया
बैठकमा बोल्दै पुष्पा भुसालले आफूहरु संसदलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ भन्ने मान्यतामा रहेको बताए। 'संसदमै विषयहरु प्रवेश गर्नुपर्छ र यहीबाट निकास निस्कनुपर्छ भन्ने ठान्दछौं', उनले भनिन्
उनले प्रभावकारी भूमिका सारा नेपालीले जान्न चाहेको बताइन्।
'कांग्रेस हिंसा हत्याको पक्षमा छैन। त्यसको शान्ति पूर्ण निकार खोज्नुपर्छ भन्ने हिजैदेखिको मान्यता थियो। भोलि पनि त्यस्तै अडानमा रहने विश्वास दिलाउन चाहन्छु', उनले भनिन्।
उनले कुनै पनि द्वन्द्वलाई संसदबाट निकास खोज्नुपर्छ भन्ने मान्यताले आफूहरुले संसदमा कुरा उठाएको बताइन्।
राजपा सांसद राजकिशोर यादवले सबै दललाई विश्वास लिएर सदनलाई अगाडि बढाउन सफल भएकोमा सभामुखलाई धन्यवाद दिए।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेताहहरुको सक्रिय सहभागिता र प्रयासले गतिरोध खुलाउन सम्भव भएकोले सबैलाई धन्यवाद थिए।
उनले निरन्तर संसद अवरुद्ध गर्दा व्यवस्था नै विफल भएको सन्देश जाने उनले बताए। व्यवस्था असफल बन्न दिनुनहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।