काठमाडौं– प्रतिनिधिसभाको केही समययता जारी गतिरोध अन्त्य गर्न दलहरु सहमत भएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरको शंकर हलमा सर्वदलीय बैठक बसेको थियो।
बैठकले वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति गरेको हो।
बैठकले पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।
समितिमा रहने सांसदहरुको नाम सभामुखज्यूले बैठकबाट पढेर सुनाउने छन्।
सर्लाहीमा प्रहरीबाट मारिएका विप्लव समूहका कुमार पौडेलको घटना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले केही समययता संसद बैठक अवरुद्ध गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।