काठमाडौं- जम्मू-काश्मीर अब केन्द्र शासित राज्य बन्ने भएको छ। साथै काश्मीर उपत्यकालाई मिलेको विशेषाधिकार समेत खारेज हुने भएको छ।
जम्मू-काश्मीरलाई लिएर नरेन्द्र मोदी सरकारले सोमबार ऐतिहासिक कदम उठाएको हो।
यसका अलवा केन्द्र सरकारले लद्दाखलाई जम्मू-काश्मीरबाट अलग गरिदिएको छ। लद्दाख अब एक अलग राज्य हुनेछ।
गृहमन्त्री अमित शाहले राज्यसभामा राष्ट्रपति रामनाथ कोविन्दद्वारा जारी गरिएको मञ्जुरी पत्र पेस गरेका थिए। उनले सदनमा संकल्प पत्र पढेपछि त्यहाँ हंगामा भएको थियो।
गृहमन्त्री शाहले राज्यसभामा जम्मू-काश्मीरलाई लिएर दुई संकल्प तथा दुई विधेयक पेस गरेका थिए। त्यसपछि विपक्षीले संसद्मा हंगामा मच्चाएका थिए।
यसका अलावा मोदी सरकारले जम्मू-काश्मीरको पुनर्गठन विधेयक पनि संसद्मा पेस गरेका छन्। यसैअन्तर्गत जम्मू-काश्मीरबाट लद्दाखलाई अलग गरिदिएको हो। लद्दाख अब विधानसभा बिनाको केन्द्र शासित राज्य हुनेछ।
संसद्मा संकल्प पेस गर्ने क्रममा गृहमन्त्री शाहले लामो समयदेखि लद्दाखलाई केन्द्र शासित राज्य बनाउने माग त्यहाँका जनताले गरेको र त्यो अहिले आएर पूरा भएको बताए।
जम्मू-काश्मीरसम्बन्धी नयाँ व्यवस्थाबारे भारतीय राजपत्रमा प्रकाशित सूचनाः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।