काठमाडौं- भारतले काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गर्ने भएको छ। भारतका गृहमन्त्री अमित शाहले सोमबार संसद्मा यस्तो घोषणा गरेका हुन्।
भारतीय संविधानको धारा ३७० मा भएको विशेषाधिकार सम्बन्धी व्यवस्थालाई खारेज गर्ने तयारी भएको भारतले जनाएको छ।
धारा ३७० ले भारत प्रशासित जम्मू-काश्मीरलाई अन्य भारतीय राज्यभन्दा बढी स्वायत्तता प्रदान गरेको छ।
केन्द्र सकारको यस्तो घोषणाले राज्यमा हिंसा भड्किन सक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।