काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ।
हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो। उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा फेला परेको थियो। उनले लगेजभित्र पेटीमा राखिएको सुन लुकाएका थिए।
आइतबारको बजार मूल्य अनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ। बरामद सुन र चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।