• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आज नागपञ्चमी, किन पुजिन्छ नाग?

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  ०३:००
1140x725

सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान गरिन्छ। यस मान्यताको मूल खोज्दै जाँदा वेद, पुराण, स्मृति, इतिहास, धर्मशास्त्र, सङ्गीत, कला, साहित्य लगायत हरेक ठाउँमा विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ। ती सबैको उल्लेख यहाँ सम्भव छैन।

ती सबै छुट्टाछुट्टै अध्ययनका विषय हुन सक्छन्। यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ।

नागशब्दका अर्थ धेरै छन्, पाणिनीय व्याकरणमा नागशब्द तीन तरिकाबाट सिद्ध गरिन्छ।
क) नगे भव नागः। न हिँड्ने स्थावरलाई नग भनिन्छ। नग भनेको पर्वत हो। त्यहाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ। तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सीसा जस्ता धातुलाई पनि बताउँदो रहेछ। 

ख) न गच्छति यति अगः। न अगः नागः। यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ। 

ग) दहति अस्मात् विषाग्निना इति नागः। अर्थात् जसले  विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ। यस व्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ। त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ। विशेष अर्थ गर्दा प्राण आदि विभिन्न अर्थ पनि निस्किन्छ। 

घ) नागशब्दका वाच्यार्थमा सर्प, हात्ती, मेघ, नागकेसर, पुन्नाग (चिलौनी), नागदन्तिका, मुस्तक, प्राणवायु, क्रूरआकार, देशविशेष, ताम्बूल,  नक्षत्र, बङ्ग, सीसक, करण आदि प्रसिद्ध छन्। 

ङ) नाग शब्दको अर्थ सर्प मान्दा सर्पका पर्याय नागका पनि पर्याय हुन जान्छन्। अमरकोषमा सर्प शब्दका पर्यायहरू यसरी बताइएका छन्। सर्प, पृदाकु, भुजग, भुजङ्ग, अहि, भुजङ्ग, आशीविष, विषधर, चक्री, व्याल, सरीसृप, कुण्डली, गूढपात्, चक्षुश्श्रवा, काकोदर, फणी, दर्वीकर, दीर्घपृष्ठ, दन्दशूक, विलेशय, उरग, पन्नग, भोगी, जिह्मग, पवनाशन, लेलिहान, द्विरसन, गोकर्ण, कञ्चुकी, कुम्भीनस, फणधर, हरि, भोगधर आदि। यस्तै शेष, अनन्त, वासुकी, सर्पराज, तक्षक आदि शब्दको विशेष प्रयोग पाइन्छ। गोनस, अलगर्द, जलव्याल पानी सर्पहुन् भने राजिल र डुण्डुभ दुइमुखे सर्प हुन्। संस्कृतसाहित्यमा सर्पका नाम र भेदहरू सैकडौँ पाइन्छन्। जसको छुट्टै अध्ययन हुन सक्छ।

नागको उत्पत्ति 
पौराणिक मान्यताअनुसार जगत्स्रष्टा ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन्। कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता, दितिबाट दैत्य, विनताबाट गरुडसमेतका पक्षिगण, कद्रूबाट नागसमेतका सर्पहरू जन्मिए। ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए। यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए। मदोन्मत्त भएका नाग प्रजातिको उन्माद बढ्दै जाँदा यिनीहरूले मनुष्यलाई जथाभावी डस्न थाले। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि मनुष्यहरूको अनुरोधमा ब्रह्माजीले सर्पहरूलाई शापित गरी नियन्त्रणमा लिनुभयो र वितल, सुतल, पातालमा सीमित हुने बनाउनुभयो। आमा कद्रू र विनताको विवादका क्रममा असत्यको पक्ष लिएकाले काद्रवेय सर्पहरूले विनतापुत्र गरुडसँग हार्नुपरेको थियो भन्ने पनि पौराणिक अख्यान पाइन्छ।

नागको स्वरूप र भेद
सामान्यतया नाग आठ प्रकारका हुन्छन् भन्ने मानिन्छ। जस्तै:- अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख। यो प्रसिद्धि पनि छ- 

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः। 
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः।।

शिवजीको आभूषण र विष्णुको शय्या
वासुकि नागलाई शिवको आभूषण वा जनै पनि मानिन्छ। विष्णुको शय्या शेषनाग हुन्। 

पृथिवीको आधार शेषनागलाई मानिन्छ। शेषको स्तुति गर्दा आफ्नो शिरमा पृथिवीलाई सर्स्यूँ बराबर हलुङ्गो मानेर बहन गर्ने भनिएको छ। घरको शिलान्यास गर्दा होस् वा इनारको लागि भूमिको पूजन गर्दा होस् नागको पूजा गर्ने विधि छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुराणमा नाग
कम्बल र अश्वतर नागले सरस्वतीबाट गानविद्यामा निपुण हुने वर प्राप्त गरेका थिए (मार्कण्डेय पुराण)। पृथुले गाईरूप पृथिवीको दोहन गर्दा तक्षक नाग बाच्छो बनेको थियो। राजा परीक्षित्‌लाई डस्नका लागि कश्यपको सहारा लिएर अगाडि आउने तक्षक नै थियो। पछि जनमेजयले आयोजना गरेको सर्पयज्ञबाट सुरक्षित हुन इन्द्रको शरणमा पुगेको थियो। जम्बूद्वीपअन्तर्गत भारतवर्षको नौ खण्डमध्ये एउटा खण्डलाई नागखण्ड वा नागद्वीप पनि भनिन्छ।

वरुणको अस्त्रलाई नागपाशको संज्ञा दिइएको छ। रामायणमा मेघनादसँग भएको अस्त्रलाई नागपाश भनिएको छ। यसै नागपाशद्वारा मेघनादले लक्ष्मणलाई मूर्च्छित बनाएको थियो। जसबाट बचाउन सुषेणको परामर्शमा सञ्जीवनी औषधि खोज्न गएका हनुमान्‌ले औषधि नचिनेर हिमालय पर्वत नै लिएर आएका थिए।

नागकी मातालाई नागमाता भनिन्छ। कतिपय ग्रन्थमा नागमातालाई सुरसाको संज्ञा दिइएको छ, जो रामायणमा हनुमान्‌को लङ्कागमनका प्रसङ्गमा सुरसासँग भेट भएको प्रसङ्गसमेत जोडिन जान्छ।

श्रीकृष्णको बाललीलाका प्रसङ्गमा कृष्णले कालीय नागलाई नियन्त्रण गरेको र नागकन्यासँग कुराकानी गरेको प्रसङ्ग कृष्णचरित्रमा जोडिएको छ। त्यसबेला भगवान् कृष्णले शेषनागको अवतार भएकोले सजातीयसँग स्नेह हुने आशङ्काका कारण बलरामलाई साथ नलगेको प्रसङ्ग पनि स्मरणीय छ।

गृहनिर्माण गर्दा नागदेवताको पूजा हुन्छ। शिलान्यासभन्दा पहिले खातारम्भ गर्दा नागको शिर र पुच्छरको अवस्थिति हेर्नुपर्ने र त्यसको पृष्ठभागमा मात्र उत्खनन गर्नुपर्ने वास्तुशास्त्रीय विधान छ। 

अन्य प्रसङ्गमा नाग
नागकेशर प्रसिद्ध औषधि हो। नागवल्ली पानलाई भनिन्छ। भित्तोमा ठोकिने किलोलाई नागदन्तिका भनिन्छ। भिक्षुकहरूले मागेको भिक्षा नागदन्तिकामा झुन्ड्याउँछन्। अश्लेषा नक्षत्रलाई नागदैवत पनि भनिन्छ। त्यस्तै ज्योतिषमा नाग करण पनि  छ।

नागसम्बन्धी वैदिक प्रसङ्ग
वैदिक वाङ्मय व्यापक र रहस्यपूर्ण छ। सहजरूपमा अर्थ थाहा पाउन पनि कठिन छ। सामान्य दृष्टिले हेर्दा पनि वेदमा सर्प अहि नाग आदिको व्यापक चर्चा पाइन्छ। वेदमा सर्प र नागलाई नमस्कार पनि गरिन्छ भने अहिलाई अलि डर लाग्दो विषालु मानेर नष्ट गर्ने कुरा हुन्छ। आहन्ति इति अहिः। अहि भुइँमा लुटपुट गर्ने प्राणी हो। वेदमा क इ पन्थां विसर्पति? प्रश्नको उत्तर दिँदै अहिः पन्थां विसर्पति (शु.य. २३/५६) भनिएको छ। अहि शब्दले सर्पलाई मात्र नभएर मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने सरिसृप कीटाणुलाई सङ्केत गरिएको हुनुपर्छ। त्यसैले रुद्रीमा अहीँश्च सर्वान् जम्भयन् (शु.य. १६/५) मा रुद्रदेवसँग सबै प्रकारका अहिलाई नष्ट गर्न भनियो तर सर्पलाई नमन गर्न भनिएका यजुर्वेदका यी मन्त्र पढ्दा सर्पको व्यापकता पनि देखिन्छ।

नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु। 
येऽअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः।।
याऽइषवो यातुधानानां ये वा वनस्पतीन् अनु। 
ये वा इत्वरेषु शेरते तेभ्यः सर्पेभ्यो नमः।।
ये वामी रोचने दिवो ये वा सूर्यस्य रश्मिषु। 
येषामासु सदस्कृतं तेभ्यः सर्पेभ्यो नमः।।

(जो पृथिवीमा, अन्तरिक्षमा र स्वर्गमा छन्, त्यस्ता सर्पलाई नमस्कार। जो राक्षसका हतियार बनेका छन्, जो वनस्पतिमा बस्छन् र जो प्वालमा सुतिरहेका छन्, त्यस्ता सर्पलाई नमस्कार। जो स्वर्गमा चम्किएका छन्, जो सूर्यका किरणमा र जलमा बस्छन्, ती सबै सर्पलाई नमस्कार।)

सर्पवादको दार्शनिक पाटो
यी माथिका वैदिक प्रसङ्ग सुन्दा सर्प सामान्य प्राणीलाई मात्र भनिएको होइन कुनै व्यापक तत्त्वको समेत सर्पमा अनुप्रवेश भएको मान्नुपर्छ देखिन्छ। शतपथ ब्राह्मणमा - इमे वै लोका सर्पाः (७/४/१/२५) भनिएको छ। यी सबै लोक सर्प हुन्। लोक अर्थात् जीवन। जीवनको तात्पर्य प्राण। प्राणको नाम पनि नाग हो। उद्गारे नाग आख्यातः। हामीले श्वास लिँदा दाँया र बाँया श्वास लिन्छ। यिनलाई इडा र पिङ्गला भनिन्छ।

दुवैको मध्यबिन्दु सुषुम्णा हो। सुषुम्णा नाडी सामान्यतया निष्क्रिय हुन्छ। यसको मूल कुण्डलिनी हो। त्यो सर्पाकार हुन्छ। योगीहरूले योग साधनाद्वारा कुण्डलिनी जगाउँछन्। सिद्धि प्राप्त गर्छन्। यो प्राणविद्या हो। गोरखनाथले यसलाई हंसविद्या पनि भने। हंस सोहं यो प्राणको गतिसँग सम्बद्ध मन्त्र हो। सामान्यतया प्रतिदिन २१६०० पटक श्वास फेरिँदोरहेछ। बुझ्नेले यसैलाई विचार गर्दा यो मन्त्र हुँदो रहेछ। यसको जप गरिँदो रहेछ। नजपिकन जप। यो अजपाको जप।

नागपूजा र नागदर्शनको नातो
वैदिक सनातन संस्कृतिको विशेषता नै व्यापकता हो। यहाँ व्यष्टिको कुरा गर्दा समष्टि हुन जान्छ। अण्डको कुरा गर्दा ब्रह्माण्डको व्याख्या हुन्छ। यत् पिण्डे तद् ब्रह्माण्डे। जीवात्माको चर्चा गर्दा परमात्माको पत्तो लाग्छ। सूक्ष्म खोज्दा विराट् भेटिन्छ। जीव खोज्दा शिव भेटिन्छ।

अध्यात्म, अधिदेव र अधिभूत तीन छन्। तर अन्योन्याश्रित। एकमेकतराभाव द्वयं नोपलभामहे। आँखा, सूर्य र रूप मध्ये एक विना अर्को छैन। सूर्यको पूजा गर्नाले दृक्शक्ति बढ्छ भन्ने सिद्धान्त छ। त्यस्तै नागको पूजा प्राणशक्तिको उपासना हो। यो अध्यात्मदृष्टि हो। भौतिक दृष्टिले हेर्दा हाम्रो वरिपरि रहेको प्राणवायुलाई सर्पहरूले जोगाउँछन्। सर्प नहुने हो भने हावा विषाक्त हुन्छ। त्यसपछि मानवजीवनको अस्तित्व सङ्कटमा पर्छ। सर्पले विषाक्त वातावरणलाई परिष्कृत गर्छन्। त्यसैले सर्प पूज्य छन्। यो स्थूल दृष्टि हो।

सूक्ष्मदृष्टिले हेर्दा सम्पूर्ण सृष्टिको अभिन्न निमित्तोपादान मानिने भगवत्तत्त्वको पनि निकटतम सहचर शेष हुन्। अतद्‌व्यावृत्तिको सूत्रअनुसार अनात्मपदार्थलाई पृथक्करण गर्दा बाँकी रहने चिज शेष हुन्छ तस्मादेकः शिष्यते शेषसंज्ञः। कं शेषाद् भगवत आश्रयेन्मुमुक्षुः। सांसारिक प्रपञ्चबाट मुक्त हुन चाहनेले शेषको शरणमा जानुपर्छ। भगवान् कृष्ण भए शेष बलराम। भगवान् राम हुँदा शेष लक्ष्मण। तर दुबै नित्य अनुचर। नित्य सहचर। यो हो नागपूजनबाट सुरु हुने अध्यात्मपथको दिव्ययात्रा। प्राणोपासना हुँदै परमतत्त्वको साक्षात्कार।

सर्पको हनन कि पूजा?
पूर्वप्रसङ्ग सर्पदेवताको पूजा आफ्नै उपासना हो भनियो। वेदमा अहि शब्दको प्रयोग वृत्रका लागि भएको छ र वृत्रलाई असुर पनि मानिन्छ। असुरको रूपमा देखिने वृत्ररूप अहिको पूजा होइन विनाश आवश्यक छ। त्यसैले वेदमा इन्द्रले वृत्रलाई मारे भनिन्छ- यो हत्त्याहिमरिणात् सप्त सिन्धून् योगा उदजादपधावलस्य (ऋग्वेद २/१२/३) अर्थात् इन्द्रले वृत्रनामक अहिलाई मारेर सात सिन्धुहरू प्रवाहित गरे। त्यो त असुर हो। असुषु रमते इति असुरः। प्राणात्मवाद भनेको देहात्मवाद हो। यो नै भौतिकवाद पनि हो। अर्को हो प्राणोपासनाको माध्यमले प्रत्यगात्माको साक्षात्कार। त्यो हो अध्यात्मवादको यात्रा। 

सर्पले काचुली फेर्छ। तर काचुली नै सर्प होइन। त्यस्तै सुरुमा शरीर नै आत्मा हो भन्ने लाग्छ। तर विचार गर्दै जाँदा शरीरादि भन्दा भिन्न आत्मा सिद्ध हुन्छ। यो कुरा बुझेर देहात्मवादको परित्याग गरी प्राणोपासनाको माध्यमले परमतत्त्वको साक्षात्कार गर्नु सर्पपूजनको गूढ अर्थ हो। व्यावहारिक दृष्टिले पनि सर्पहरू मानवजीवनका अभिन्न सहायक भएका हुनाले तिनको सम्मान हुनै पर्छ। 

श्रावणशुक्ल पञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने र नागपूजा गर्ने परम्पराले पनि प्रकृतिसँगको हाम्रो प्रकृतिसँग सुमधुर सम्बन्ध भएको र त्यसलाई कायम राख्नुपर्ने कुरालाई सङ्केत गर्छ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्