काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पोलाई भित्र्याएको छ ।
२२ वर्षका फिर्पोलाई पाँच वर्षको सम्झौता गर्दै बार्सिलोनाले ल्याएको हो । उनको रिलिज क्लज दुई सय मिलियन युरो राखिएको छ ।
‘बार्सिलोना र रियल बेटिस जुनियर फिर्पोको ट्रान्सफरका लागि १८ मिलियन युरो र अन्य थप रकम १२ मिलियन युरोसहित सम्झौता भएको छ’ क्लबले आधारिक धारणा सार्वजनिक गर्दै जनाएको छ ।
नयाँ सिजनका लागि बार्सिलोनामा चौथो नयाँ खेलाडीका रुपमा फिर्पो आएका हुन् । उनीअघि फान्की डि योङ, एन्टोनियो ग्रिजम्यान र नेटोलाई बार्सिलोनाले भित्र्याइसकेको छ ।
फिर्पोको आगमनले लेफ्ट ब्याकमा देखिएको बार्सिलोनाको कमजोरी कम हुने आश क्लबमा बढेको छ । जोडी अल्बा मात्रै लेफ्ट ब्याकमा रहँदा क्लबमा समस्या देखिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।