• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साग उद्घाटनमा मात्रै ७२ करोड खर्च हुने 

64x64
नेपाल लाइभ आइतबार, साउन १९, २०७६  १७:२२
1140x725

काठमाडौं – नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनका लागि झण्डै ७२ करोड खर्च हुने भएको छ। बजेट माग गरी युवा तथा खेलकुद मन्त्रालयमा पेस भएको प्रतिवेदनअनुसार उद्घाटनमा मात्रै ७२ करोड खर्च हुने देखिएको हो। 

सागको आयोजनाका लागि ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरिएकोमा उद्घाटन कार्यक्रम भव्य गर्ने भन्दै ठूलो शीर्षकमा रकम माग भएको मन्त्रालय स्रोतले जनाएको छ। 

युवा तथा खेलकुद मन्त्रालयले साउन ६ मा मन्त्रीस्तरको निर्णयअनुसार बजेट माग गर्दै प्रतिवेदनसहित अर्थ मन्त्रालयलाई बजेट विनियोजनका लागि अनुरोध गरेको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष एवं साग तयारी तथा व्यवस्थापन समितिका सदस्य पिताम्बर तिम्सिनाको संयोजकत्वमा गठन भएको ‘बजेट निर्माण कार्यदल’ ले विभिन्न शीर्षकअनुसार खर्च छुट्टाएर बजेट निर्माण गरेको हो। 

यसअघि राखेप सदस्य सचिवमा केशवकुमार विष्ट रहँदा बसेको साग तयारी तथा व्यवस्थापन समितिको बैठकले भने झण्डै साढे तीन अर्ब रुपैयाँमा साग आयोजना गर्न सकिने बताएको थियो। तर असार पहिलो साता बजेट निर्माण कार्यदलले भने ५ अर्बभन्दा बढीको योजना पेस गरेको हो। 

भारतमा भएको १२औं सागको उद्घाटन

‘विदेशमा देखिने जस्तै भव्य उद्घाटन गरिने कुरा छ। डिजिटल बोर्डहरू राखेर, अनेक बत्तीहरु बालेर, सातै देशको झण्डा आकारका ठूला चिह्नहरू बनाएर उद्घाटन हुँदैछ, यसैले यो रकम ठूलो होइन, त्यसको केही रकम समापनका लागि पनि खर्च हुनेछ,’ कार्यदलका एक सदस्यले भने। उनैका अनुसार उद्घाटनका लागि गरिने भनेका सबै कामका लागि भने समय पर्याप्त हुनेछैन। 

१२औं साग उद्घाटनमा १६ करोड मात्रै!

२०१६ मा भारतको गुवाहटी र सिलोङमा भएको १२औं साग खेलकुदको उद्घाटनमा १० करोड भारतीय (१६ करोड नेपाली) रुपैयाँ मात्रै खर्च भएको थियो। १२औं सागमा भारतले गरेको उद्घाटन भव्य भएको नेपाली पदाधिकारीहरूले नै बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

तीन वर्षमा नेपालले उद्घाटनमा गर्न लागेको खर्च चार गुनाभन्दा बढी रहेको छ। पूर्वाधारको काम नै पूरा नहुँदै अन्य कुरामा लाग्नु आवश्यक नरहेको खेल पदाधिकारी बताउँछन्। 

भारतले १२औं सागको पूर्वाधारका लागि १ अर्ब ३३ करोड भारतीय रुपैयाँ, सुरक्षा व्यवस्थापनका लागि ६७ करोड भारतीय रुपैयाँ र अन्य खर्चका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको थियो। जम्मा खर्च झण्डै ३ अर्ब ८ करोड भारतीय रुपैयाँ गरेको थियो। 

भारतमा भएको १२औं सागको उद्घाटनमा

भारतले सागका लागि राष्ट्रिय खेलकुदका लागिभन्दा कम खर्चमा काम टारेको थियो। भारतको केरलामा नै २०१५ मा भएको राष्ट्रिय खेलकुदमा झण्डै ४ अर्ब रुपैयाँ खर्च गरेको थियो। 

धेरै रकम सामग्री र पोशाकमा 
आउँदो मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा हुने १३औं सागका लागि विभिन्न १७ शीर्षकमा राखिएको अनुमानित बजेटअनुसार सबैभन्दा बढी १ अर्ब २९ करोड ९१ लाख खेल सामग्री, उपकरण र पोशाकका लागि छुट्याइएको छ। 

माग गरिएको बजेटमा राष्ट्रिय टिमको तयारीका लागि ८८ करोड १२ लाख ६८ हजार, सुरक्षाका लागि ५० करोड, आवास व्यवस्थापनका लागि ४५ करोड ५२ लाख, प्रचारप्रसार तथा प्रकाशनका लागि ९ करोड रुपैयाँ माग गरिएको छ। 

यसका साथै खेलस्थल व्यवस्थापनका लागि ३ करोड ११ लाख, प्राविधिकतर्फ ३० करोड ४० लाख ६९ हजार, श्रोत साधन परिचालनका लागि २० लाख, यातायात व्यवस्थापनका लागि १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्यतर्फ ३ करोड, ४३ लाख ५२ हजार, स्वयंसेवक परिचालनका लागि २ करोड, ३ लाख, अतिथि सत्कारका लागि १ करोड २९ लाख ५ हजार, एन्टी डोपिङ शीर्षकमा ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति शीर्षकमा २७ करोड ९९ लाख २७ हजार, आइटी व्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार र विविधमा २५ करोड रहेको छ।

राखेप सदस्य सचिव रमेश सिलवालले सागको आयोजना देशको प्रतिष्ठासँग जोडिएको विषय भएकाले यसको तयारीमा कुनै कमि नगर्ने बताउँदै आएका छन्। उनले फास्ट ट्रयाकबाट नै सामग्री खरिदको प्रक्रियामा जाने बताएका छन्। 

खेल स्थानको टुंगो 
सागमा समावेश हुने २७ खेलका लागि प्रारम्भिक रुपमा खेल स्थानको टुंगो लागेको छ। खेलहरू काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन हुनेछन्। 

दशरथ रंगशालामा पुरुष फुटबलसहित एथ्लेटिक्सका खेलहरु हुनेछन्। साइकिलिङ जगडोलको सहिदपार्कमा, त्रिपुरेश्वर कभर्डहलमा बास्केटबल र ब्याडमिन्टन, लैनचोरमा टेबलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट खेलाउने तय भएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा खोखो र कबड्डी, गोकर्णमा गल्फ, लगनखेल आर्मी कभर्डहलमा उसू र तेक्वान्दोका खेलहरू हुनेछन्। 

सातदोबाटोमा कराँते, बक्सिङ, तेक्वान्दो र कुस्तीका खेलहरु हुनेछन्। सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरू हुने तय भएको छ। 

यस्तै पोखरामा ७ खेलहरू हुनेछन्। पोखरा रंगशलामा महिला फुटबल र त्यहाँ कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका खेलहरु हुने छ। पोखरा सभागृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाइडिङका खेलहरू हुने राखेपले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्