बेइजिङ- चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ।
पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा वृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ।
कुल एक हजार ९ सय ७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए।
उनीहरूमध्ये ५६.५ प्रतिशत युवाले आफ्नो ठाउँको तीव्र विकासका लागि आफ्नै ठाउँ जान चाहेको सर्वेक्षणमा उल्लेख छ।
चीनको रेन्मीन विश्वविद्यालयका प्राध्यापक लिन छिङ्कीले आफ्नै ठाउँमा काम गर्न पाएका युवामा थप उत्सुकता, सक्रियता र सृजनात्मकता देखिएको बताए।
त्यसैगरी आफ्ना वृद्ध बुवाआमालाई सहयोग गर्ने उद्देश्यले पनि उनीहरूले आफ्नै गाउँ/ठाउँ रोज्ने सर्वेक्षणकर्ताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।