टुटिकोरिन(तामिलनाडु)- गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ भएका माल्दिभ्सका पूर्व–उपराष्ट्रपति अहमद् अदीब अब्दुल गफुरलाई भारतले आएकै मार्गबाट माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ।
उनले भारत प्रवेश गर्नका लागि आवश्यक कागजात नभएको भनी भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट सुरक्षा नियन्त्रणमा लिइएको थियो।
माल्दिभ्सका पूर्व राष्ट्रपति अदीबले भारतमा शरण लिन चाहेको तर भारतले उनलाई भारतीय भूमिमा शरण दिन नसक्ने बताएपछि टुटिकोरिन नाकाबाटै फिर्ता पठाइएको उल्लेख भारतीय सञ्चारमाध्यमले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।