काठमाडौं- अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिक रूपमा तोडेको छ।
अमेरिकाले सित युद्धकालीन सम्झौता ‘इन्टरमिडियट-रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी’ औपचारिक रूपमा तोड्ने बताएको बिबिसीले लेखेको छ।
सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत सङ्घका नेता मिखाइल गोर्वाचेभले उक्त सन्धीमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिले ५ सयदेखि ५ हजार ५ सय किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ।
नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर रुसले यो सन्धि तोडेको आरोप अमेरिका र नेटोले लगाएका थिए। तर, रुसले त्यसको खण्डन गरेको थियो।
आरोप-प्रत्यारोपबीच राष्ट्रपति डोनल्ड ट्रम्पले गएको फेब्रुअरीमा रुसले अगस्ट २ सम्म यो कदम नसच्याएमा सन्धि तोड्ने चेतावनी दिएका थिए। लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए।
अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिक रूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी सुरू हुने आशङ्का गरिएको छ।
रक्षा मामिलाका विश्लेषकहरूले अब अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी सुरू हुने आशङ्का व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।