काठमाडौं- ‘पानी पर्नुभन्दा अगाडिको मौसम कस्तो हुन्छ?’
धुम्म आकाश, मडारिएको बादल अनि चिसो हावा। दुरुस्त प्रकृति उतारिएको सजिव चित्र ग्यालरीको भित्तामा टाँसिएको छ।बंगलादेशका कलाकार अम्जद आकाशको पेन्टिङ हो यो।

समयलाई अदृश्य रुपमा जडान गरिएको अर्को चित्र छ। जसलाई गहिएर हेर्दा आफ्नै जीवनसँग तुलना गर्न सकिन्छ। हामीले बाँचेको समयलाई खोतल्न सकिन्छ। चित्रमा वाटर कलरले क्यानभास उतारेका छन् बंगलादेशका अर्का कलाकार मोहोसिन कबिरले।
अर्को छ, मिथिला चित्र। तराईका संस्कृति र त्यहाँ महिलाहरूले बाँचेको अस्वभाविक परिस्थितिलाई सर्वाङ्ग केलाउन सकिन्छ। ‘बिहे कल्चरको विषयमा छ। छुवाछुतको विषयमा छ,’ नेपालकी कलाकार मिथिला देवी यादव भन्छिन्, ‘तराईका नारीले भोगको पीडाहरूलाई चित्रमा उतारेकी छु।’
.jpg)
हस्तकला, बिम्ब झल्काउने काष्ठकला, मूर्तिकला लगायत अमूर्त चित्रहरूले सजिएका विभिन्न आकृतिहरू ग्यालरीमा पाउन सकिन्छ।
OOO
बबरमहलस्थित नेपाल कला परिषदमा नेपाल र बंगलादेशका कलाकारको संयुक्त कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा देखिएका दृश्यहरूले अन्य दिनको भन्दा फरक अनुभूति गराउँछन्।
दुई देशले बाँचिरहेको समय र भोगिरहेको संस्कृतिमा भिन्नता छ। यही भिन्नताका उपज हुन् कलाहरू।
आर्ट ग्यालरीमा आउजाउ गर्नेहरूको अनुभवले समेत यही भन्छ। ‘बंगलादेशबारे बुझ्न त्यहाँका चित्रहरूले पनि सहज बनाए,’ ग्यालरीमा घुमिरहेक एक कलाप्रेमीले भने, ‘ त्यसैले अन्य प्रदर्शनी भन्दा भिन्न महशुस गरेको छु।’
दुई देशबीच भइरहेको संयुक्त कला प्रदर्शनीमा २३ जना कलाकारको सहभागिता छ। जसमध्ये १२ जना बंगलादेश र ११ जना नेपालका कलाकार छन्।
दुई देशबीचको संयुक्त प्रदर्शनीलाई संयोजन गरेकी हुन् कलाकार रञ्जु यादवले।
उनी गतवर्ष बंगलादेशमा भएको नेपालको प्रतिनिधित्व गर्दै गएकी थिइन्। ‘त्यहाँको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएपछि बंगलादेशका साथीहरूले नेपालमा संयुक्त प्रदर्शनी गर्न आग्रह गर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि मैले काठमाडौंमा दुई देशबीच संयुक्त प्रदर्शनीको तयारी गरेको हुँ।’
यसरी दुई देशबीचको संयुक्त प्रदर्शनीले कलाकार कलाकारेको बीचमा भाइचाराको सम्बन्ध बसेको कला समीक्षक/कलाकार रमेश खनाल बताउँछन्। एक देशका कलाकारले अर्को देशको कलाकारको चित्र बुझ्ने अवसर पाउने उनको दाबी छ।
‘दुई देशको सम्बन्धलाई समेत सुमधुर बनाउने काम गर्छ। यसपालिको संयुक्त प्रदर्शनीले उपलब्धि पनि हासिल गरेको छ,’ खनालले भने।
मंगलबारदेखि चलेको उक्त प्रदर्शनी शुक्रबारसम्म जारी रहनेछ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)

.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।