एजेन्सी– बलिउड निर्देशक सिद्धार्थ आनन्दले रितिक रोशन र टाइगर श्राफलाई लिएर फिल्म ‘वार’ बनाइरहेका छन्। फिल्मको टिजर हालै रिलिज गरिएको थियो, जसमा दुवै अभिनेता एक्सन अवतारमा देखिएका थिए।
निर्देशक सिद्धार्थले फिल्म वारको एक्सनलाई भारतीय फिल्म जगतको अहिलेसम्मकै उम्दा भनेका छन्। ‘फिल्मको एक्सनले त्यो स्तर छुँदैछ, जुन भारतीय दर्शकले अहिलेसम्म देखेकै छैनन्,’ सिद्धार्थको दावी छ।
यो फिल्ममा अभिनेता टाइगरले संसारकै सबैभन्दा शक्तिशाली मेसिनगन चलाएको पनि निर्देशक सिद्धार्थले बताएका छन्।
‘एउटा दृश्यको लागि हामीले संसारकै सबैभन्दा शक्तिशाली मेसिनगत ‘गेटलिंग’ मगायौं। उनी त्यो शक्तिशाली हतियारले सहरलाई तहसनहस बनाउँदै गरेको देखिनेछन्,’ सिद्धार्थले भने।
गेटलिंग मेसिनगन ¥यापिड फायर स्प्रिङ लोडेड हुन्छ र हातले चलाउने हतियारमध्ये सबैभन्दा शक्तिशाली मानिन्छ। यो हतियार आधुनिक मेसिनगन र रोटरी तोपको नयाँ स्वरुप हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।