• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्यायाधीशलाई गल्ती गर्ने छुट छैन, निर्मम उत्खनन गर्नुस्

64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १९:५९
1140x725

समाजलाई अग्रदिशामा अघि बढाउने जिम्मेवारी चौथो अङ्गको भएकाले संचारमाध्यमको भुमिका पनि त्यही अनुरुप हुनुपर्ने अपेक्षा गरिन्छ। संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता दिएकोले यो काम मिडियाको धर्म पनि हो। प्रत्येक राज्यका बीचमा समन्वयन हुनुपर्दछ। 

न्यायपालिका र न्यायाधीश नियुक्तिमा संचारमाध्यमले प्रश्न उठाउनु भएको छ। यो आम नागरिकको प्रश्न हो। तर न्यायाधीशको रुपमा आएपछि त्यसले आफ्नो सबैकुरा छोडेको हुन्छ। जात छोडेको हुन्छ, धर्म छोडेको हुन्छ र विचार छोडेको हुन्छ। त्यसैकारण न्यायपालिकामा कार्यरत न्यायाधीशलाई स्वतन्त्र र सक्षम तथा निष्पक्ष हुनुपर्ने अपेक्षा गरिन्छ। एउटा यो दृष्टिकोणलाई सहज रुपमा सञ्चार माध्यमले लिनु पर्दछ। मिडियाले यो विषय नागरिकसम्म पुर्‍याई दिनुपर्दछ। 

सूचना र पारदर्शी न्यायालय निर्माण हुनै पर्दछ। हामी सँधै पारदर्शी छौं। हाम्रो आदेश, फैसला र आचारण सबै सार्वजनिक छन्। मिडियाले सहज रूपमा त्यसमा पहुँच पाएका छन्। सूचनाको हकको अदालत पनि सम्मान गर्दछ। यही कुरालाई ख्याल गरेर सर्वोच्चले सञ्चार नीति निर्माण गरिरहेको छ। यही नीतिलाई मूर्त रूप दिन हामीले चरणबद्ध छलफल चलाएको छौं। 

संसारमा संविधानवाद र बहुलबादमा आधारित प्रजातन्त्रमा विश्वास राख्ने मानिस र स्वतन्त्र न्यायालय हुनुपर्ने कुरामा विश्वास गर्ने गर्दछन्। हामी पनि त्यहीवादमा विश्वास गर्दछौं। हामीले बोलेका र निर्माण गरेका कुरा व्यवहारमा लागू गर्नेछौं। यसमा कसैप्रति शंका गर्न आवश्यक छैन। 

आम जनताको पक्षमा उठाएका प्रश्नलाई हामीले सहज रुपमा स्वीकार गर्दछौं। किनकि यो हाम्रो मात्र होइन, नागरिकको पनि सपना हो। हिजो भएका गल्ती र प्रश्नलाई समाधान गर्दै न्यायालय अघि बढिरहेको छ। यो अवस्थामा सञ्चार जगतले सहयोग गर्नै पर्दछ। संविधानको एउटै लक्ष्य हो। नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने हो। यसलाई तपाई-हामी दुवैले दिनु पर्ने अवस्था रहेको छ। 

हामी न्याय दिन्छौं तर त्यसको प्रसार सञ्चारमाध्यमले गर्नुपर्छ। नत्र जनताले त्यसको जानकारी पाउने छैनन्। न्यायाधीशका रुपमा आइसकेपछि उसले सबै कुरालाई छोडेर आएको हुन्छ। त्यही अनुसारको न्यायाधीशको व्यवहार देखिनु पर्दछ। यदि कुनै दिन नदेखिएमा त्यसमा सञ्चार माध्यमले प्रश्न उठाउन जरुरी छ। 

न्यायपालिको प्रमुखको रुपमा आज म रहेको छु। तर कुनै दिन अन्य व्यक्ति हुनेछन्। अहिले न्यायालय मर्माहित भएको अवस्था छ। अदालत निष्पक्ष र स्वतन्त्र रुपमा अघि बढ्न दिनुपर्दछ। त्यसमा सञ्चारमाध्यमले सही सूचना प्रकाशन तथा प्रशारण गर्नु पर्दछ। यदि गलत सूचना गएमा जनताले असुरक्षित महसुस गर्छन्। पक्ष/पक्षका बीचको विवादमा सूचना प्रकाशन गर्ने कुरामा ख्याल दिनु पर्ने हुन्छ। व्यक्तिको इच्छा नबुझी प्रकाशन गर्दा त्यसले पक्षलाई पर्ने असरमा पनि ख्याल दिनु पर्दछ। सार्वजनिक सरोकारका विषय र व्यक्तिगत विषय अब छुट्टिन जरुरी छ। 

विचाराधीन मुद्दामा पत्रकारले कलम चलाउँदा कँही न कँही प्रभाव पर्ने गर्दछ। उक्त मुद्दामा आदेश गर्ने न्यायाधीश र सेवाग्राहीमा असर पर्छ। त्यसमा विचार गर्नुपर्ने अवस्था देखिएको  छ। 

nimb
nimb
Ncell 2
Ncell 2

चाँडो न्याय दिने हामी सबैको लक्ष्य हो। तर विचाराधीन मुद्दामा पहिले नै लेखिदिँदा ढिलो त्यही कारणले पनि भएको हुन सक्छ भन्ने कुरामा ख्याल राख्न जरुरी छ। विचाराधीन मुद्दामै नलेख्नुस् भन्न मिल्दैन तर लेख्दा त्यसले पर्ने असरलाई ख्याल गरिनु भने पर्दछ। विद्धानको लेख र विचारबाट प्रभावित नहुने हुँदैन। न्यायाधीश प्रभावित हुनु हुँदैन भन्ने सिद्धान्त हो तर त्यसबाट न्यायाधीश अछुत रहन सक्दैन। 

न्यायाधीश सच्चिनु पर्ने अवस्था छ भने सच्चिनु पर्दछ। न्यायाधीश पनि मानिस नै भएकाले गल्ती हुन सक्छ। उसले पनि गल्ती गर्न सक्छ तर त्यो गल्ती नियत राखेर वा नराखी के हो त्यसलाइ भने छुट्टाउनै पर्दछ।

न्यायाधीशले नियतै राखेर कुनै गलत काम गर्छ भने त्यसलाई जोगाउने आवश्यकता छैन। न्यायाधीशलाई गल्ती गर्ने छुट छैन। सञ्चारमाध्यमले त्यसलाई निर्ममता पूर्वक उत्खनन गर्नुस्। यस्ता गल्ती गर्नेहरुमाथि कारबाही हुनै पर्दछ। यससँगै न्यायालयलाई पनि बचाउनु पर्दछ। 

गल्ती गर्नेलाई छुट दिने अवस्थामा न्यायलय छैन। गल्ती गर्नेहरुको पक्षपोषण गर्ने पक्षमा पनि न्यायालय छैन। तर परिपक्व नभएको अवस्थामा कसैमाथि आरोप लगाउनु पर्ने अवस्थामा सञ्चार माध्यम पुग्नु हुँदैन। अबको न्यायपालिका स्वतन्त्र र सक्षम हुनुपर्दछ। त्यसका लागि सबैको सहयोग आवश्यक छ। विकृति विरुद्ध निर्मम हुने मिडियाको दायित्व हो। त्यसमा लाग्न मेरो सँधै साथ र शुभकामना छ। 

(प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चौथो रणनीतिक योजनाका विषयमा भएको छलफलमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्