काठमाडौँ- दक्षिण कोरियाकी एक चर्च संस्थापकलाई त्यहाँको अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ।
आफ्ना अनुयायीलाई यातना दिएको भन्दै दक्षिण कोरियाएको अदालतले सोमबार सिन ओक जूलाई उक्त सजाए सुनाएको हो।
ग्रेस रोड चर्चकी संस्थापक उनले प्राकृतिक प्रकोपबाट पीडित फिजीका करिब ४ सय अनुयायीमाथि कूटपिट गर्दै यातना दिएको उनमाथि ओरोप लागेको थियो।
उनी त्यही अरोपमा गत जुलाईमा उनी पक्राउ परेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।