नयाँ दिल्ली- ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ।
समीक्षक लगायत दर्शकले पनि फिल्मलाई मन पराएका छन्। फिल्ममा ऋतिकको अभिनयलाई निकै प्रशंसा गरिएको छ। यसका साथै ऋतिकले एउटा घोषणा गरेका छन्।
उनका अनुसार अब नयाँ बन्ने एक फिल्ममा ऋतिक र दीपिका पादुकोणसँगै देखिनेछन्। फिल्ममा दीपिका र ऋतिक श्रीमान श्रीमतीको भूमिकामा देखिने बताइएको छ।
फिल्ममेकर नितेश तिवारी र रवि उदयावरले हिन्दू पौराणिक ग्रन्थमा आधारित फिल्म बनाउने योजना गरेका छन्। फिल्मको नाम ‘रामायण’ हुने बताइएको छ।
फिल्मको सुटिङ ३ डिसेम्बरबाट सुरु गरिनेछ। फिल्मका लागि भगवान रामको चरित्रमा ऋतिक र सीताको भूमिकामा दिपीकाको नाम लिइएको छ।
फिल्ममेकर नितेश फिल्ममा रामको भूमिकामा ऋतिकलाई लिन चाहन्छन् भने निर्माता मधु मंटेना सीताको भूमिकामा दिपीकालाई लिन चाहन्छन्।
बलिउड सञ्चारमाध्यममा फिल्ममेकर नितेशले फिल्म ‘छिछोरे’ को सुटिङ सकिनासाथ ‘रामायण’ को तयारीमा जुट्ने बताएका छन्।
यस फिल्ममा चुनौती पनि धेरै हुने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।