एजेन्सी- दक्षिण भारतीय सुपस्टार एवम् अभिनेता धनुष फेरि एकपटक ट्विटर र गुगलमा ट्रेन्डिङमा आएका छन्।
३६औं जन्मदिन मनाइरहेका धनुष आफ्नो आगामी फिल्म 'पतासू'लाई लिएर चर्चामा आएका हुन्। यो फिल्मको पोस्टरमा धनुषलाई 'इल्या (युवा) सुपरस्टार'को उपमा दिइएको छ। धनुषलाई युवा सुपरस्टार भनिएको यो पहिलोपटक हो।
हिन्दी सिनेमाका फ्यानहरुले पनि धनुषको फिल्म 'राँझणा'मा गरेको अभिनयलाई लिएर प्रशंसा गरेका थिए। हिन्दी फिल्ममा धेरै काम नगरे पनि धनुषलाई 'कोलाबरी–कोलाबरी डी' गाउने गायकको रुपमा धेरैले सम्झिने गर्दछन्।
उक्त गीत धनुष आफैंले लेखेका र गाएका समेत थिए। गीतले चर्चाका अलावा धेरै रेकर्ड बनाएको थियो। यसले गीतसंगीतमा बनेका पुराना धेरै रेकर्डहरुलाई पछाडि छोडेको थियो। यो एकमात्र गीत हो, जसले युट्युवमा १ सय मिलियन भ्युज बनाउन सफल भएको थियो।
अभिनेता धनुषको असली नाम बेंकटेश प्रभु हो। उनी सुपरस्टार रजनीकान्तका ज्वाइँसमेत हुन्। उनी तमिल फिल्ममा चर्चित निर्माता तथा निर्देशक कस्तुुरी राजाका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।