एजेन्सी-केही दिनदेखि सामाजिक सञ्जाल ट्विटरमा बलिवुड बादशाह शाहरुख खान ट्रेन्डिङमा छन्। 'हामी शाहरुख खानलाइ ठूलाे पर्दामा मिस गर्दैछाैं' ह्यासट्यागमा ट्विट लेख्दै खानका फ्यानहरु सक्रिय भएका हुन्।
अलग अलग तरिकाबाट शाहरुखका फ्यानहरुले उनलाई ठूलो पर्दामा कहिले देख्न पाउने हो भनि प्रश्न सोधिरहेका छन्।
शाहरुखको पछिल्लो पटक फिल्म 'जिरो' रिलिज भएको थियो। तर, फिल्मले उल्लेख्य व्यापार गर्न सकेन। फिल्ममा शाहरुखको साथमा कटरिना कैफ र अनुष्का शर्मासमेत थिए।
फिल्ममा चर्चित अनुहार भए पनि बक्स अफिसमा भने कुनै कमाल गर्न सकेन। यो फिल्म असफल भएको ७ महिनासम्म खानले अर्को फिल्ममा देखिने घोषणा नगरेपछि उनका फ्यानहरुले सामाजिक सञ्जाल ट्विटरमा उनको खोजी गर्न थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।