एजेन्सी- चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।
स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन्।
देशको हेइलोङजिआङ प्रान्तमा रहेका झण्डै ११ हजार चार सय घर परिवार विस्थापित भएको उनीहरूले बताएका छन्।
बाढीले पाँच लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको कृषि उपज नष्ट गरेको छ भने ७९ हजार १३० हेक्टर क्षेत्रफल पुरिएको छ।
अधिकारीहरूका अनुसार झण्डै दुई हजार ५४७ घरमा क्षति पुगेको छ । बाढीले समग्रमा लाखौँ नोक्सान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।