• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पर्यटनमन्त्री योगेशसामु यस्ता छन् ५ चुनौती

64x64
नेपाल लाइभ बुधबार, साउन १५, २०७६  १७:१४
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्दै नेकपाका नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी दिएका छन्। गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निधन भएको ५ महिनापछि प्रधानमन्त्री ओलीले नयाँ पर्यटनमन्त्री नियुक्ति गरेको हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आजै सपथ ग्रहण गराएकी छन्। दिउँसो राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमका बीच भट्टराईलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन्। 

देशको अर्थतन्त्र विकासमा पर्यटनलाई क्षेत्रलाई प्राथमिकताका साथ हेरिरहेको छ। यस्तो अवस्थमा पर्यटनमन्त्रीमा युवा नेता योगेशको आगमनलाई चासोका साथ हेरिएको छ, हेरिनेछ। तर, भट्टराईमाथि पर्यटन क्षेत्रको सुधारमा दर्जनभन्दा बढी चुनौतीका चाङ छन्। त्यसमा पनि महत्वका साथ हेरिँदै आएका ५ चुनौतीका विषयमा हामीले विमर्श गर्ने प्रयास गरेका छौं। 

१. युरोपेली युनियनको कालोसूची
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी लिएका नेकपा नेता योगेश भट्टराईमाथि पहिलो चुनौती हुनेछ- युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको युरोप उडान प्रतिबन्ध। सन् २०१३ मा इयूले नेपालमा हेलिकोप्टर दुर्घटना बढेको भन्दै नेपाली वायुसेवा कम्पनीहरूलाई युरोप उडानमा प्रतिबन्ध लगाएको थियो। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाआले पनि नेपाललाई कालोसूचीमा राखेको थियो। तर, आइकाओले  कालोसूचीबाट नेपाललाई हटाएको छ। इयूले भने अझै पनि नेपाली आकाश असुरक्षित रहेको भन्दै कालोसूचीबाट हटाएको छैन। नेपाली वायुसेवा कम्पनीहरूको जहाजले युरोप उडान गर्न पाएका छैनन्।

नेपाल वायु सेवा निगमले इयूकै कालोसूचीका कारण कोरियालगायतका राष्ट्रमा उडान गर्न पाएको छैन। केही समयअघि मात्रै चीनले इयूको कालोसूचीमा रहेकाले नेपाल एयरलाइन्सलाई चीन उडान अनुमतिमा सेफ्टी अडिट आवश्यक पर्ने भन्दै अन्तिम चरणमा उडान अनुमति दिएको छैन।  इयूको कालोसूचीका कारण सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई समेत असर पर्ने देखिएको छ। इयूको कालोसूचीबाट नेपाललाई निकाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि राजनीतिक तवरबाटै छलफल हुनुपर्ने भन्दै आएको छ। यस्तो अवस्थामा मन्त्री भट्टराईलाई इयूको कालोसूची हटाउन पर्ने चुनौती नै पहिलो काम हुनेछ।

२. नेपाल एयरलाइन्सको साख जोगाउनु
नवनियुक्त मन्त्री भट्टराईको अर्को चुनौती हो- कमजोर हुँदै गएको राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सको शाख जोगाइराख्नु हो।

नेपाल एयरलाइन्सले भएका जहाज समेत उडान गर्न नसकेर घाटा व्यहोरिरहेको छ। विवादमा परिरहने नेपाल एयरलाइन्सले जहाज खरिद प्रक्रियालाई मिलाउँदै थप जहाज थप्नुपर्ने चुनौती पनि मन्त्री भट्टराईमाथि रहनेछ। यसैगरी, दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा रहेका विवाद समाधान गर्नुपर्ने चुनौती पनि उनीमाथि छ। नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै जहाज उडाएर ५ अर्ब घाटामा गएको आँकलन गरिसकेको छ। निगमको ऋण मात्रै ३९ अर्ब पुगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

३. भिजिट नेपाल- २०२०
सरकारले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रहेको पर्यटनको हिस्सा बढाउँदै देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० मनाउने तयारी गरिरहेको छ।

सरकारले नेपाल आउने पर्यटकको संख्या बढाउँदै उनीहरुले गर्ने खर्च बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको घोषणा गरको छ। तर, भ्रमण वर्षको जुन रुपमा तयारी हुनुपर्ने हो त्यो भने भएको छैन।

सन् २०२० का लागि भ्रमण वर्ष मनाउने सरकारको निर्णय भएको पनि दुई वर्ष हुने लागिसकेको छ। शेरबहादुर देउवा सरकारकै पालामा  सन् २०२० भ्रमण वर्ष मनाउने निर्णय भएको थियो। सोही निर्णयलाई निरन्तरता दिँदै केपी ओली सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित चालु आवमा एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरिसकेको छ। तर, भ्रमण वर्षका लागि आवश्यक पूर्वाधारको विकासमा भने सरकारले खासै चासो गर्न नसकेको पर्यटन व्यवसायी आरोप छ। भ्रमण वर्ष सुरु हुन अब ५ महिना मात्रै छ। तर, त्यसको तयारी पूर्ण रुपमा हुन सकेको छैन।

सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकको रुपमा सुरज वैद्यलाई नियुक्ति गरेसँगै पर्यटन व्यवसायीले विरोध गरिरहेका छन्।

व्यवसायीले भनेजस्तै संयोजक वैद्यले पनि भ्रमण वर्षका लागि समय नै दिन सकेका छैनन्। वैद्य आफैं भ्रमण वर्षका विषयमा छलफल गर्न भन्दै तय भएका कतिपय कार्यक्रममा उपस्थित हुँदैनन्। भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन कुनै समस्या नरहेको मात्रै बताउँदै आएका छन् उनी। तर, कसरी २० लाख पर्यटक भित्र्याउने र पर्यटकको खर्च र बसाई कसरी लम्ब्याउने भने विषयमा उनले आजसम्म कनै खाका ल्याउन सकेका छैनन्। अहिले प्रति पर्यटकको बसाई सरदर १२ दिनको छ भने खर्च प्रतिदिन ५२ डलर मात्रै छ। सरकारले पर्यटकको बसाई १४ दिन र खर्च यसै वर्ष ५४ डलर र्पुयाउने लक्ष्य लिए पनि पूरा नहुने अवस्था देखिएको छ।

४. नागरिक उड्डयन प्राधिकरण विभाजन
सरकारले नागरिक उड्डयन प्राधिकरण विभाजन गरी नियामक र सेवा प्रदायक अलग–अलग गर्ने निर्णय गरिसकेको छ। साथै यसका लागि आवश्यक ऐनको मस्यौदा समेत बनिसकेको छ। ऐनको विधेयक संसदमा दर्ता गर्ने बाटो समेत खुल्ला भइसकेको अवस्थामा सहज रूपमा कर्मचारी व्यवस्थापन गर्दै प्राधिकरण विभाजन गर्नु पर्ने चुनौती पनि नवनियुक्त मन्त्री भट्टराईमाथि छ।

५. विमानस्थल निर्माण तथा सञ्चालन
मन्त्री योगेशमाथि देशभर बन्दै गरेको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक विमानस्थलको निमार्ण समयमा सम्पन्न गर्दै सञ्चालन गर्नुपर्ने चुनौती छ। जसमा भिजिट नेपाल-२०२० को सुरु हुनु अगावै भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी परीक्षण उडान गर्नुपर्ने चुनौती पनि छ। तर, यो सहज भने छैन। सरकारले विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने समय जुन महिनाबाट बढाएर सन् २०१९ को डिसेम्बरसम्म पुर्‍याइसकेको छ। विमानस्थल निर्माण सम्पन्न भएलगत्तै अन्तर्राष्ट्रिय उडान पनि सम्भव हुँदैन।

यसैगरी पोखरा क्षेत्रीय विमानस्थल पनि सन् २०२१ को जुलाईभित्रै निर्माण सम्पन्न गरी सञ्चालन गर्नुपर्ने चुनौती छ। साथै निर्माणको प्रक्रिया सुरु भएसँगै विवादमा परेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण थालनी गर्नुपर्ने छ।

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्