काठमाडौं- चर्चित गायिका मेलिना राई र सरोज बराल 'लोकराज'को समुधुर आवाजमा गुलेली सार्वजनिक भएको छ।
युट्युब च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा आइपी आचार्य र मिरा लामाले अभिनय गरेका छन्।
क्षितिज मिश्रको शब्द रहेको गीतलाई सरोज बरालले संगीत गरेका छन् भने निरज श्रेष्ठले संगीत सयोजन गरेका छन्।
बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई मिलन विकले सम्पादन गरेका हुन्।
गीतको भिडियोसमेत राम्रो बनेकोले लोकप्रिय हुने अपेक्षा गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
गीत अप्रिल ७ मा सार्वजनिक भएको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।