कोलम्बो, श्रीलङ्का- श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्रीहरू सरकारमा फिर्ता भएका छन्।
श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनः सपथ लिएका छन्।
मन्त्रीबाट राजिनामा दिएकाभएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन्।
सन् २०१९ को अप्रिल २१ गते तीन ठूला होटेल र तीनवटै चर्चमा भएका विस्फोट र बन्दूक आक्रमणमा परी परी २५९ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। उक्त घटनामा सम्लग्न रहेको आरोपमा १५० जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने पक्राउ परेका अन्य कैयौँलाई अनुसन्धानपछि रिहा गरिएको छ।
श्रीलङ्काको नौ जनाको मन्त्रीपरिषद्बाट घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै चार पूर्ण मन्त्री र केही सहायक मन्त्रीले राजीनामा दिएका थिए। यद्यपि उनीहरूले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन्।
श्रीलङ्काका उद्योग तथा वाणिज्य मन्त्री रिसाद बाथुउद्दिनमाथि पनि सम्लग्नताको आरोप लागेको थियो। रिसादप्रति ऐक्यवद्धता जनाउन त्यहाँका मुसलमान मन्त्रीले राजिनामा दिएका थिए।
मन्त्री रिसादको सम्लग्नताको आरोपसहित ३० जनाले ३०० भन्दा बढी मुद्दा दाखिला गरेपछि उनीमाथि प्रहरीले छानबिन गरेको थियो।
प्रहरीले छानबिनबाट रसिदको सम्लग्नता पुष्टि नभएको बताइसकेको छ।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।