‘नब्युँझाऊ रक्सीको नसाबाट मलाई
बेहोशीमै धेरै खुसी छु म आज’
मंगलबार गायक रञ्जीत नेपालीको नयाँ गीत 'नसा'को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा एक इमान्दार सरकारी कर्मचारीको वास्तविकतालाई प्रस्तुत गरिएको छ।
जो घुसलाई अस्वीकार मात्र गर्दैन्, तिरस्कार समेत गर्छ। आफ्नो छविलाई स्वच्छ बनाउने प्रयत्न गर्दा पनि समाजको चरित्रदेखि आजित हुन्छ। होसमा हुनेहरू नै गलत भएको संसारमा बेहोसीमा रमाउन ऊ आफूलाई मनासिब ठान्छ। अनि रक्सीको सहारा लिन्छ।
गीतको भिडियोको कन्सेप्ट तथा स्टोरी अभिनेत्री लक्ष्मी वर्देवाको हो। थिएटर पृष्ठभूमिकी वर्देवाले पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेकी हुन्। गीतको भिडियोमा उनीसँग उनकै श्रीमान कलाकार जीवन भट्टराईले अभिनय गरेका छन्।
रञ्जीत नेपाली र सुशान्त सापकोटाले कम्पोज गरेको गीतमा मनिष वशिष्ठले शब्द रचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।