• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'घाँटीभन्दा तल त राम्री नै छे' गीतमा महिलामाथि भद्दा मजाक

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  १५:२५
1140x725

काठमाडौं– नेपाली कला क्षेत्रमा महिलाको चरित्रचित्रण कमजोर सुनिँदै र देखिँदै आएको पहिल्यैदेखि हो। बेलाबखत यसमाथि चर्को आवाज नउठ्ने पनि होइन, तैपनि सुधार देखिँदैन। 

अहिले बजारमा आर्जन पाण्डेले गाएको एउटा गीत ‘चर्चित’ छ। चर्चाको कारणचाहिँ गीत राम्रो भएर होइन, महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएर हो। ६ दिनअघि युट्युबमा रिलिज भएको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले संगीतवृत्तमा समेत ठूलो आलोचना भइरहेको छ। 

आलोचनामा आम दर्शक/स्रोतामात्रै उत्रिएका छैनन्, संगीतकर्मी र कलाकारले पनि विरोध जनाइरहेका छन्। 

गीतमा महिलालाई निकै होच्याइएको छ। गीतमा गायक आर्जन स्वयं मोडल छन्। विडम्बना त के छ भने आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी रीमा विश्वकर्माले समेत अभिनय गरेकी छिन्। 

गीतको भिडियोमा रीमालाई देखेपछि आर्जन गाउँछन् : 

‘प्रतीकलाई गएर सोधेँ मैले– यार, त्यो केटी लास्ट मनपर्‍यो,
पट्याइदिऊँ कि क्या हो’
प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो– पट्याइदेन्त, 
आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’

गीतमा महिलामाथिको मजाक यतिमै सीमित छैन। पार्टीमा श्रीमान्‌सँग आएकी युवती रोलेक्स घडीको लोभमा आफूसँग नाच्न आएको भावसमेत गीतमा छ। महिलाको चरित्रलाई पूरै अपमानजनक ढंगले प्रस्तुत गरिएको गीतमा पुरुष मोडल आर्जन गाउँछन् :

‘गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदै
ककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउँदै
चुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँ
हातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली।’

गीतको लिरिक्सलाई लिएर युट्युबका अधिकांश दर्शकले गाली गरेर प्रतिक्रिया दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रियंका भुसालले लेखेकी छिन्, ‘के हो यस्तो लिरिक्स अनि के हो त्यो घाँटीभन्दा तल राम्री भनेको? एकदमै नराम्रो लिरिक्स, जसले केटीहरुप्रति गायकको नजर प्रस्ट पार्छ।’

त्यस्तै पद्मा पौडेलले लेखेकी छन्, ‘गीतले सेक्सुअल ह्यारेस्मेन्टलाई प्रोत्साहन गरेको छ।’

विरोध युट्युबमा मात्रै सीमित छैन। फिल्मकर्मीको फेसबुक वालमा समेत आक्रामक रुपमा पोखिँदैछ। 

कलाकार निर्मल शर्माले यो गीत आफ्नो छोराले नगाइदिओस् भनेर भगवान्‌सँग कामना गरेका छन्। उनले लेखेका छन्, 'म महिलाहरुलाई ३३ प्रतिशत होइन, ५० प्रतिशत नै बराबर हुनुपर्छ भन्ने पक्षमा छु। महिला हिंसाको विरोधमा आवाज उठाउनेहरुको कानसम्म पुगोस् यो गीत।’

Xtrem

Xtrem

गीत सुनेपछि गायिका आस्था राउतले आक्रोशित हुँदै प्रश्न गरेकी छिन्, ‘फेरि छोरी मान्छेलाई नै नराम्रो बनाएर यो के तालको गीत निकालेको होला, राम राम राम। के यो हिट हुने निन्जा टेक्निक हो?’ 

उनको आक्रोश यतिमै सीमित छैन। उनको थप टिप्पणी छ, ‘यो लेख्ने र गाउनेको तलदेखि माथिसम्म केही पनि गतिलो रहेनछ। सबैभन्दा खत्तम त सोच नै हो। सोच गतिलो भएको भए, छोरी मान्छेलाई हेर्ने एंगल गतिलो भएको भए, यस्तो घटिया गीत हेर्न/सुन्न पर्थेन होला। यो एकदमै भद्दा भयो। केटीलाई सेक्सको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर साह्रै चिन्ता लाग्यो।’


गीतमाथि आलोचना बढेपछि नेपाल लाइभले गीतकी मोडल रीमालाई सम्पर्क गरेको थियो। गीतमा मोडलिङ गर्नुको अन्तर्यबारे बुझ्दा उलने आफू हाल सुटिङ सेटमा व्यस्त रहेको भन्दै टारिन् । 

गीत–संगीत भनेको सिर्जनात्मक विधा हो। मनोरन्जनको माध्यम पनि। तर, मनोरन्जनका नाममा यसरी महिला पात्रको मजाक उडाउनु या होच्याउनु, के कुनै सिर्जनात्मक विधाको धर्म हो? प्रश्न आवश्यक छ। 

यस्तो छ पूरा गीतको शब्दः
पार्टीमा भेटे उसलाई
ओठ तल पियर्सिङ
बूढासँग नाच्दै थिई ऊ, बि–बोइङ एन्ड हिप सेकिङ 

गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदै
ककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउदै
चुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँ
हातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली

प्रतीकलाई गएर सोधेँ मैले
‘यार त्यो केटी लास्ट मनपर्‍यो,
पट्याइदिऊँ कि क्या हो’ 

प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो- 
पट्याइदेन्त, आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’
घाँटीभन्दा तल त राम्री नै छे...

घर पुगेँ काने फुसुफुस हानेँ उसको नम्बरमा
त्यसपछि स्काइप र च्याट हुन्थ्यो अन्तरजालमा
आवाज सुन्दै भैंसीजस्ती फोटोसप हान्छे कम्मरमा
मुख छाड्ने केटी कस्ती आइपुग्यो मेरो खप्परमा 
चारपाँच रै'छन् बूढा अरु, मस्किन्छे छैटौंसँग 
बाइकमा आँखा लाई कि क्या हो, भन्छे बूढा जाऊँ न घुम्न

प्रतीकलाई गएर फेरि सोधेँ मैले-
यार, बोर गरिसकी, र्‍याक गरिसकी, ब्रेकअप दिऊँ कि क्या हो

प्रतीकले यसो हेरेर भन्यो, ‘हैट।’
घाँटीभन्दा तल त राम्री नै छे।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी?
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्