काठमाडौं– गायिका अनिता चलाउनेको यो वर्षको तीज गीत ‘टिकटकमा भिडियो’ सार्वजनिक भएको छ । टिकटकको क्रेज दर्शाउने तीज गीत लेखन प्रल्हाद सुवेदीको हो । बसन्त थापाले संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।
गीतको म्युजिक भिडियोमा गायिका अनिताका साथै अहिलेका चर्चित दुई हास्य पात्र ‘फुलन्देकी आमा र काउली बुढी’ले अभिनय गरेका छन्। भिडियोको निर्देशक शिव विक हुन् । गायिका चलाउनेका ‘सेतो कपालैमा’, ‘तम्राइ रुपले’, ‘सुदूरकी चेली’लगायतका गीत चर्चित छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।