बेइजिङ- चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्येष्टि गरिएको छ।
बोबाओसान समाधीस्थलमा ली फङको मृत शरीरलाई चिनियाँ संस्कार अनुसार अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टि समारोहमा नेता फङलाई अन्तिम सम्मान प्रकट गर्न राष्ट्रपति सी चिन फिङ, नेताहरू ली खच्छ्याङ, ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी, हान झेङ, वाङ किसान र जियाङ जमिनलगायतको उपस्थिति रहेको थियो।
नेता हु जिन्ताओ भने बेइजिङबाहिर रहेकाले उक्त अन्त्येष्टि कार्यक्रममा सहभागी भएनन्। उनले स्वर्गीय नेता ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै पुष्पमाला पठाएर श्रद्धाञ्जलि अर्पण गरेका बताइएको छ।
ली फङको ९० वर्षको उमेरमा गत सोमबार निधन भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।