काठमाडौं– विवकेशील झापा पार्टीले वीरगन्ज महानगरपालिकाको छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको घटनाबारे गम्भिर ध्यानकर्षण भएको जनाएको छ।
विवेकशिल साझाले अाज एक प्रेस विज्ञप्ती जारी गर्दै सिमामा हराएका र क्षतिग्रस्त पिल्लरको निर्माण तथा मर्मत कार्यप्रगतिबारे सबैमा जानकारी गराउन सरकारसँग माग गरेको छ। निर्माण र मर्मत कार्य नेपाल र भारतले संयुक्त रुपमा गरिरहेका छन्।
सीमाना मिचिएका खबरबारे सीमाविद्हरुले गम्भिर चिन्ता व्यक्त गरेको उल्लेख गर्दै विवकेशिला साझाले देशको सीमाना मिचिएको घटनालाई गम्भिरतापुर्वक लिन समेत सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता रमेश पौडयालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ, ‘देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापुर्वक लिएर कहिँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँचा आउने खालको कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ रहोस भन्ने अनुरोध गर्न चाहान्छौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।