लण्डन- बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उहाँकी प्रेमिका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन्।
बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन्।
यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
'प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उहाँकी प्रेमीका पनि यही बस्नुहुनेछ,' प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने।
प्रधानमन्त्री बोरिस ५५ वर्ष र उहाँकी प्रेमीका स्यमोन्डस ३१ वर्षका छन्।
उनीहरु पहिलाका प्रधानमन्त्री बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।