काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा विभागहरुको जिम्मेवारी सचिवालय सदस्यलाई नदिन प्रस्ताव गरिएको छ।
सोमबारको बैठकमा रामबहादुर थापाले बादलले पार्टीका सचिवालय सदस्य हरुले विभागीय प्रमुखको जिम्मेवारी लिन नहुने आम कार्यकर्ताको भावना रहेकाले उक्त जिम्मेवारी सचिवालयभन्दा तलका नेतालाई दिनुपर्ने प्रस्ताव राखेका एक नेताले बताए।
मुख्य विभागहरु सचिवालय सदस्यहरुले लिने प्रक्रिया अघि बढिरहेको छ। प्राय विभागहरुको नेतृत्वको विषयमा सहमति भएको बताइए पनि स्कुल विभागमा विवाद देखिएका कारण निर्णय हुन सकेको छैन। आज बसेको सचिवालय बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ।
बादलको प्रस्तावलाई वरिष्ठ नेता माधव नेपालले विरोध गरेका थिए।
आजको पार्टी सचिवालय बैठकमा पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा उक्त प्रश्ताव को वरिष्ठ नेता माधव कुमार नेपालले विरोध जनाएका थिए।
नेपालले विदेश विभाग लिने आन्तरिक सहमति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।