काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाबाट फरवार्ड माल्कोम रसियन फुटबल क्लब जेन्ट सेन्ट पिटर्सबर्ग जाने अन्तिम तयारीमा छन् । बार्सिलोनामा सुरुवाती ११ मा पर्न कठीन हुने देखिएपछि उनी क्लब छाड्ने तयारीमा लागेका हुन् ।
गएको सिजन फ्रेन्च क्लब ब्रोडेअक्सबाट इटालियन क्लब रोमा जान ठिक्क परेका माल्कोमलाई एकाएक बार्सिलोनाले भित्याएको थियो । गएको सिजन नै ४१ मिलियन युरो खर्चिएकाले माल्कोमका लागि कम्तिमा ४० मिलियन युरोको प्रस्ताव बार्सिलोनाले गरिरहेको छ ।
बार्सिलोनामा गएको सिजन नै राम्ररी खेल देखाउन नपाएका माल्कोमका लागि यो सिजन एन्टोनियो ग्रिजम्यान आएसँगै खेल समयको समस्या बढेको हो ।
बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि नयाँ सिजनका लागि खेलाउन सकिने खेलाडीलाई मात्रै क्लबमा राख्ने योजनामा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।