काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।
नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपराष्ट्रपति पुन ओली निवास बालकोट पुगेका हुन्।
भेटका क्रममा करिव आधा घण्टा समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।