काठमाडौं- नेपाल विद्यार्थी संघले व्यवस्थापन संकायको स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति बढाउन माग गरेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाउँदै संघले दुवै तहमा ३० प्रतिशत छात्रवृति लागू गर्न माग गरेको हो।
हाल स्नातक तहमा २० प्रतिशत र स्नातकोत्तर तहमा १५ प्रतिशत छात्रवृत्तिको व्यवस्था छ।
संघले हाल दिँदै आएको छात्रवृत्तिको प्रतिशतलाई वृद्धि गर्न माग गरेको हो।
यसका साथै साथै, एमबिए, एमबिएम, बिबिए, बिआइएम, बिबिएम र बिबिए-फाइनान्समा १० प्रतिशत छात्रवृतिको माग गरिएको छ।
सम्बन्धन प्राप्त कलेजहरुले छात्रवृति दिए/नदिएको अनुगमन र मूल्यांकन गर्न विश्वविद्यालयलाई सुझाव दिएको छ।
विद्यार्थी नेता दीपक ओझा, विष्णु खड्का, सन्तोष गुरुङ, छत्र रावल, महेन्द्र भट्टराई, योगेन्द्र रावललगायतले उपकुलपति खनियाँ र व्यवस्थापन संकायका डिनलाई संघका माग बारृे ज्ञापन पत्र बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।